१ असार २०८३, सोमबार | Mon Jun 15 2026

भिजिट भिसामा कडाइ गर्ने सरकारको तयारी : अध्ययन गर्न कार्यदल



झापा-सरकारले भिजिट भिसामा विदेश यात्रा गर्ने क्रम बढेपछि त्यसमाथि कडाई गर्ने भएको छ । भिजिट भिसामा विदेश जानेहरू वैदेशिक रोजगारीको लक्ष्य राखेर जान थालेपछि त्यसमा सरकारले कडाई गर्ने तयारी गरेको हो ।

रोजगारीको लक्ष्य राखेर भिजिट भिसामा विदेश जाने बढ्दो प्रवृत्ति रोक्न सरकारले अध्ययन सुरु गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले रोजगार व्यवस्थापन महाशाखाका सहसचिवको नेतृत्वमा अध्ययन सुरु गरेको हो ।

भिजिट भिसामा अवैध रूपमा नेपाली श्रमिक जाने क्रम बढेकाले नियन्त्रणका लागि बाध्यकारी व्यवस्था अवलम्बन गर्नुपर्ने परिस्थिति आएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरद सिंह भण्डारीले बताए ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै नेपाली भिजिट भिसामा युएई गइरहेका छन् । कुबेत, बहराइन लगायतका देशमा पनि भिजिट भिसा लिएर रोजगारीका लागि जाने नेपालीको संख्या छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार ००:००  ८ : ३७ बजे