८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

पाँच करोड ठगेर भागेकी शाक्य कम्बोडियाबाट पक्राउ



झापा-विभिन्न मानिसबाट करोडौँ रुपैयाँ ठगेर फरार भएकी एक महिलालाई कम्बोडियाबाट पक्राउ गरेर नेपाल ल्याइएको छ । सिन्धुपाल्चोकको माम्खा ठेगाना भएकी बिनु शाक्यलाई प्रहरीले कम्बोडियाबाट पक्राउ गरेर नेपाल ल्याएको हो ।

ठगी मुद्दामा शाक्यविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो । ४० जना भन्दाबढी व्यक्तिबाट ५ करोड २ लाख ९४ हजार रुपैयाँ ठगी गरेको आरोप शाक्यमाथि छ । उनलाई आइतबार नेपाल ल्याइएको प्रहरीले जनाएको हो ।

शाक्यसँगै पक्राउ गरिएका उदयपुर त्रियुगा नगरपालिका १० ठेगाना भएका सुजन आचार्यलाई भने कार्तिक ९ गते नेपाल ल्याइएको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार ००:००  ७ : ४१ बजे