७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026

अलैँची व्यवसायी महासङ्घको शुभकामना आदानप्रदान कार्यक्रम



बिर्तामोड-नेपाल अलैँची व्यवसायी महासंघले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । दीपावली, छठ लगायतका पर्वको अवसरमा सोमबार कार्यक्रम गरिएको हो ।

महासङ्घका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खँड्का प्रमुख अतिथि थिए ।

कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य दीपक नेपाल, संस्थापक अध्यक्ष राजेन्द्र घिमिरे, चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य ओम कृष्ण बिमली, सल्लाहकार दिनेश मित्तल, महासङ्घका कास्की अध्यक्ष सुरेन्द्र क्षेत्री, महासंघका उपाध्यक्ष सुवास भट्टराई लगायतले बोलेका थिए ।

महासङ्घका कार्यकारी अधिकृत अनिल ढुङ्गानाका अनुसार कार्यक्रममा विभिन्न व्यक्तित्वलाई पुरस्कृत समेत गरिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार ००:००  ७ : ४० बजे