८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026

नगरस्तरीय वक्तित्वकला प्रतियोगिताका विजेता विद्यार्थी पुरस्कृत



बिर्तामोड– बिर्तामोड नगरपालिकाले राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवसको अवसरमा भदौ २९ गते आयोजना गरेको नगरस्तरीय वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ ।

‘स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारी’ विषयमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा कक्षा ९ र १० मा अध्ययनरत सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयबाट ३० जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा मोहनमाया माध्यमिक विद्यालयकी छात्रा एलिना तिम्सिना प्रथम, न्यूटन्स एकाडेमीकी छात्रा रोसिना दाहाल द्वितीय, एभरेष्ट स्मार्ट स्कुलकी प्राप्तिका निरौला तृतीय, सेन्ट जेभियर्सका छात्र प्रयास गिरी र महेन्द्ररत्न माध्यमिक विद्यालयकी छात्रा स्मृति आचार्य सान्तवना भएका थिए ।

विजेताहरु प्रथम, द्वितीय, तृतीय र सान्तवनाले क्रमश ४ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै भदौ ३० गते आयोजना गरिएको कक्षा १ देखि ५ र कक्षा ६ देखि ८ सम्मका विद्यार्थी विच आयोजना गरिएको चित्रकला प्रतियोगिताका विजेताहरुलाई पनि पुरस्कार वितरण गरिएको छ ।

कक्षा १ देखि ५ कक्षासम्मको प्रतियोगितामा दक्षा काफले न्युटन्स एकाडेमी प्रथम, फोक्नाम लिम्बु कन्चन ईंग्लिस बोर्डिङ् स्कुल द्वितीय, श्रुतिका पोखरेल चिल्ड्रेन ई. स्कूल तृतीय, अदिती वराल अनारमनी लिबर्टी र पन्चु हेमरम जनता प्रावि सान्त्वना भएका छन् ।

यस्तै कक्षा ६ देखि ८ सम्मका विद्यार्थीको लागि आयोजना गरिएको चित्रकला प्रतियोगितामा चेन्जल राजवंशी न्यूटन्स एकेडेमी प्रथम, भव्या लोहारीवाला सेन्ट जेभियर्स स्कुल द्वितीय, सिरोन शिवाकोटी ग्रिनफिल्ड तृतीय र बिनिता मुर्मु चिल्ड्रेन ईन्भारोमेन्ट सान्त्वना भएका छन् ।

यी दुवै प्रतियोगिताका विजेता विजेताहरु प्रथम, द्वितीय, तृतीय र सान्तवनाले क्रमश ४ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् । नगरपालिकाले २०८० सालको आधारभूत तहमा उत्कृष्ट (4GPA) ल्याउने विद्यार्थीलाईसमेत पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेहरुमा दिप्ति सुवेदी मोहनमाया मा.वि, विनिसा अग्रवाल र चिरायु न्यौपाने बाल्मिकी एकाडेमीका रहेका छन् । उनीहरुले जनहि १० हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

पुरस्कृत हुने विद्यार्थीहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख उपसचिब तिलचन भण्डारी लगायतले खादा लगाएर नगदसहित प्रमाण पत्र प्रदान गरेका छन् । सोही कार्यक्रमका बीच सेवानिवृत ९ जना शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार ००:००  ८ : ४२ बजे