१ असार २०८३, सोमबार | Mon Jun 15 2026

पाथिभरा मन्दिरमा एकै महिना साढे ११ लाख संकलन



बिर्तामोड- इलामको रोङ गाउँपालिका–३ स्थित पाथिभरा मन्दिरमा एक महिनामा ११ लाख रुपैयाँ भन्दा बढी रकम संकलन भएको छ ।

पाथिभरा मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अनुसार जेठ महिनामा मात्रै ११ लाख ४३ हजार ३७ रुपैयाँ बराबरको धनमाल संकलन भएको हो ।

समितिकी सचिव एगा अर्यालले विवरण सार्वजनिक गरेकी हुन् । समिति गाउँपालिकाको स्वामित्वमा छ । बर्सेनि पाँच लाख भक्तजन भित्र्याएर एक करोड भन्दाबढी आम्दानी गर्ने लक्ष्य गाउँपालिकाको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार ००:००  २ : ४९ बजे