२ असार २०८३, मंगलबार | Wed Jun 17 2026

इखरीपाटीको शुभारम्भ



बिर्तामोड- ताजा अनलाइन पत्रिका मिडिया हाउस प्रालिद्वारा सञ्चालित इखरीपाटी डटकम सञ्चालनमा आएको छ । बुधबारबाट इखरीपाटीको शुभारम्भ भएको संस्थाका अध्यक्ष विकासजंग कार्कीले बताए ।

यसको मुख्य कार्यालय बिर्तामोड–५ मा रहेको छ । यो अनलाइनलाई www.ekharipati.com मा हेर्न सकिने उनले बताए । अनलाइन सञ्चारमाध्यममा भीड बढाउन मात्र नभई सशक्त सञ्चार माध्यमको रूपमा खबरदारी गर्न आएको कार्कीले बताए ।

इखरीपाटीको सम्पादकमा शम्भु दाहाल रहेका छन् । आमसञ्चारमा स्नातक गरेका दाहाल डेढ दशकदेखि झापाली पत्रकारितामा क्रियाशील छन् । दाहालले इखरीपाटी आवाजविहीनको आवाज बन्ने बताए ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार ००:००  ९ : ४६ बजे