बिर्तामोड–पाथीभरा टोल सुधार संस्थाको १६ औँ बार्षिक साधारणसभा सोमवार सम्पन्न भएको छ । साधारणसभाको अवसरमा विभिन्न व्यक्तित्व सम्मानित भएका छन् ।
संस्थाका अध्यक्ष तेजप्रसाद शिवाकोटीको अध्यक्षतामा भएको साधारणसभा कोशी प्रदेशका सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश सभा सदस्य कार्कीले जनअपेक्षा अनुसार अवस्था परिवर्तन नहुँदा व्यवस्था माथि प्रहार हुन थालेको बताए ।
कार्यक्रममा हरिप्रसाद ढकाललाई ज्येष्ठ नागरिक सम्मान गरिएको छ । प्रमिला ढकाल बर्षोत्कृष्ट बुहारीका रुपमा पुरस्कृत भएकी छन् । उत्कृष्ट सरसफार्इ वातावरण सम्मान देवी कुँवरलाई प्रदान गरिएको छ ।
भवन निर्माणका लागि सहयोग गर्ने उषा प्रसाई सम्मानित भएकी छन् । कार्यक्रममा एसइइ उत्कृष्ठ विद्यार्थीहरु सृजन सिटौला र रोसिका उप्रेतीलाई नगदसहित सम्मान गरिएको छ ।
कार्यक्रमका विशेष अतिथि वडाध्यक्ष रोहित प्रसाईंले एकजुट भए हरेक काम गर्न सम्भव छ भन्ने उदाहरण हो पाथीभरा टोलले दिएको बताए ।
ज्येष्ठ नागरिक भवन निर्माण समितिका संयोजक नारायण चिमरियाले स्वागत तथा भवन निर्माण सम्बन्धी प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव छवि बरालले गरेका थिए ।


















