बिर्तामोड-झापाको बिर्तामोडबाट बुधवार मध्यान्हदेखि हराइरहेका दुई बालिका भेटिएका छन् । बिर्तामोड–५ लालीगुराँस टोलका दुई बालिका दिउँसो १२ बजेदेखि हराइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको थियो ।
साँझ दुबै बालिका मनकामना कलेज छेउबाट भेटिएको आफन्तले जनाएका हुन् । सात वर्षीया हिमानी निरौला र पाँच वर्षीया अबजना पौडेल एकसाथ हराएका थिए ।
सम्पर्कविहीन बालिकाको खोजीका लागि परिवारजनले अपिल गरेका थिए । बाबु निशान निरौलाले दुबै बालिका फेला परेको बताए ।
आफन्तको घरमा समेत गएको नभेटिएकाले प्रहरीले पनि सार्वजनिक सूचनामार्फत उनीहरुको खोजीमा सघाउन आग्रह गरेको थियो ।


















