बिर्तामोड-नेकपा एमाले कोसी प्रदेश सभाका सचिव चिन्तन पाठक बिरामी परेका छन् । उनको फोक्सोमा समस्या देखिएको हो । पाठक आफैँले सामाजिक सञ्जाल फेसबुकमा लेखेर आफू बिरामी परेको जनाएका हुन् ।
उपचारका लागि भारतको सिलगुडी गएको र चिकित्सकले एक साताको औषधि दिएको एमाले नेता पाठकले लेखेका छन् । दुई दिनसम्म स्वास्थ्यमा सुधार नआए अस्पताल भर्ना हुन चिकित्सकको सुझाव छ ।
कोसी प्रदेश सभाका सदस्य समेत रहेका पाठक अहिले घरैमा आराम गरिरहेका छन् ।


















