४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

मनाङ एयरको हेलिकोप्टर बेपत्ता



काठमाडौं– सोलुको लुक्लाबाट काठमाडौंका लागि बिहान १० बजे उडान भरेको मनाङ एयरको हेलिकोप्टर सवा १० बजे सम्पर्कविहीन भएको त्रिभुवन विमानस्थलले जनाएको छ।

पौने ११ बजे काठमाडौं अवतरण हुनुपर्ने हेलिकोप्टर अहिलेसम्म सम्पर्कमा नआएको त्रिभुवन विमास्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए। उनका अनुसार हेलिकोप्टरमा पाइलटसहित पाँच विदेशी नागरिक थिए।

९ एनए–एमभी कलसाइनयुक्त हेलिकप्टर बिहान १० बजे सम्पर्कविहीन भएपछि खोजी जारी रहेको मनाङ एयरले बताएको छ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार ००:००  १२ : ०५ बजे