८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

काङ्ग्रेसलाई बलियो बनाउन नेता सिवाकोटीको आग्रह



बिर्तामोड-नेपाली काङग्रेस बिर्तामोड नगरपालिका ५ नम्बर वडा कार्यसमितिको आयोजनामा नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ । जिल्ला पार्टी कार्यालयमा कार्यक्रम भएको हो ।

कांग्रेस नेता सुधिरकुमार शिवाकोटीले प्रमुख अतिथिका रुपमा भित्ते पात्रो विमोचन गरेका छन् । संविधानसभा सदस्य समेत रहेका सिवाकोटीले भित्ते पात्रो प्रकाशन गरेर वडा समितिले रचनात्मक एवम् दीर्घकालीन महत्व राख्ने काम गरेको बताए ।

टोल एवम् वडा बलियो भए कांग्रेस बलियो हुने र कांग्रेस बलियो भएमात्रै लोकतान्त्रिक शासन पद्धति बलियो हुने बताउँदै नेता शिवाकोटीले सक्रियतापूर्वक विकास निर्माण एवम् जनजीवीकाका सवालमा कार्य गर्न सबै वडा समितिहरुलाई आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेस १ नम्बर प्रदेश समिति सदस्य रञ्जिता कार्की, महाधिवेशन प्रतिनिधि राधा सुब्बा, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, क्षेत्र नम्बर २ प्रदेशसभा क का सभापति लक्ष्मीप्रसाद आचार्य, नगर सभापति भोजराज सिटौला, ५ नं वडाअध्यक्ष रोहित प्रसाई, नेपाली कांग्रेस विर्तामोड १ नम्बर वडा सभापति रघुनाथ सापकोटा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

वडाका उपसभापति सुष्मा पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत जनार्दन बास्कोटा र सञ्चालन खगेन्द्र प्रसाईले गरेका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार ००:००  ८ : ०६ बजे