- शिक्षक आन्दोलनमा एमाले झापाको ऐक्यवद्धता
- मन्त्री कार्कीलाई साझा मञ्चको सम्मान
- नारी सञ्चार गृहलाई रिजालको सहयोग
- बिर्तामोडमा भाटभटेनी सुपर मार्केट सञ्चालनमा
- कनकाईमा आए नयाँ प्रमुख प्रशासकीय अधिकृत
झापा– झापा–विवेकशील साझा पार्टी अध्यक्षबाट राजीनामा गरेका रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको तयारीमा जुटेका छन् ।
स्थानीय तहको निर्वाचन परिणाम सन्तोषजनक नभएको भन्दै जेठ ११ गते अध्यक्ष पदबाट राजीनामा गरेका मिश्र राप्रपा प्रवेशको अन्तिम गृहकार्यमा जुटेका हुन् ।
राप्रपाले दिने पदमा कुरा मिले मिश्र केही दिन भित्रै उक्त पार्टी प्रवेश गर्ने निकट स्रोतको दाबी छ । सुरुमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनकै हैसियतमा अर्को अध्यक्ष बनाउनुपर्ने प्रस्ताव मिश्रले राखेका थिए ।
राप्रपाले त्यसलाई अस्वीकार गरेको जानकारी दिँदै निकट एक नेताका अनुसार त्यसपछि सह–अध्यक्षको प्रस्तावसहित मिश्र छलफल थिए ।
तर, राप्रपाले दुई अध्यक्ष वा सह–अध्यक्ष दुवै बनाउन नसकिने जनाउँदै विवेकशील साझा पार्टी नै मर्ज हुने अवस्थामा उनलाई उपाध्यक्ष दिनेगरी छलफल अघि बढाइएको छ ।
महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा वार्ता समिति नै बनाएर राप्रपा छलफलमा जुटेको छ ।