- बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा खोज्न समिति
- विश्रान्तिघाटमा निःशुल्क स्वास्थ्य शिविर, ३५० जनाले लिए सेवा
- शिक्षासेवी गुरुभक्त न्यौपानेको अर्धकदको प्रतिमा अनावरण
- स्थापना दिवसमा नारी सञ्चार गृहद्वारा लेखनवृत्ति प्रदान
- रसुवा बाढीपीडितलाई झापाका पालिकाको सहयोग घोषणा, अझै ६ पालिका अनिर्णीत
झापा- नेकपा एमाले संसदीय दलको बैठकले प्रदेश १ को नामकरणको बारेमा छलफल गर्न समिति गठन गरेको छ । बिहीबार बिहान संसद् सचिवालयमा बसेको एमाले संसदीय दलको बैठकले समिति गठन गरेको हो ।
बैठकले तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की संयोजक रहेको पाँच सदस्यी नामकरण बारेमा छलफल गर्ने समिति बनाएको छ ।
समितिको सदस्यमा जीवन घिमिरे, जगदीशप्रसाद कुसियत, उषाकला राई र अर्जुन राई रहेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिनुभयो ।
समितिले प्रदेश १ को नामकरण गर्ने बारेमा सत्तामा रहेका दललहरुसँग छलफल गर्ने र निर्णयमा पुग्ने जनाइएको छ ।
प्रदेश १ ले नाम पाउन नसकेको अवस्थामा प्रदेशको नामकरण हुनु पर्ने चौतर्फी माग उठेपछि नेकपा एमालेले समिति बनाएको हो ।
सात प्रदेशमध्ये प्रदेश १ को मात्रै नामकरण बाँकी हुँदा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चमा आवद्ध गठबन्धन सरकारको आलोचना हुँदै आएको छ ।
सरकारको तर्फबाट नामाकरणको प्रयासका लागि तत्कालीन सामाजिक विकासमन्त्री जयराम यादवको संयोजकत्वमा समिति समेत गठन गरेपनि त्यो समिति निस्प्रभावी भएको छ ।
नाम टुंगो लगाउन प्रदेशसभाको दुई तिहाइ बहुमत आवश्यक पर्ने भएका कारण सत्ता पक्षले आफुहरूसँग रहेको सामान्य बहुमत अपर्याप्त हुने भएपछि एमालेको भूमिका खोजी भएको थियो ।


















