- बिर्तामोडबाट ९० वर्षीय साहु र ४२ वर्षीया मियाको उद्धार
- कोशी ग्यासलाई २ लाख ९० हजार जरिवाना
- कोशीमा जापानिज इन्सेफ्लाइटिसबाट डेढ महिनामा ६ जनाको मृत्यु
- कोशीमा एमाले-नेकपा भागबन्डा पेचिलो
- झापामा एक वर्षमा २४ हजार चालक कारबाही
झापा- निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। प्रदेश र संघीय चुनावलाई लक्षित गर्दै आयोगले असार १ गतेबाट काम थाल्ने जनाएको हो ।
माघ २५ गते स्थानीय तह निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली संकलन तथा अद्यावधिक स्थागित गरिएको थियो ।
आउँदो कात्तिक अन्तिम साता वा मंसिर पहिलो साताभित्र प्रदेश र संघको निर्वाचन गर्नुपर्ने आयोगले निष्कर्ष निकालेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनु भयो ।
मतदाता नामावलीमा नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिर्वतन गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिनेछ ।
आयोगबाट वितरण भएको मतदाता परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेको व्यक्तिहरुले समेत मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन् ।
बसोबास गरिरहेको स्थानबाट पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने व्यवस्था आयोगले गरेको छ ।


















