- भण्डारी र भूर्तेललाई पूर्ण टुङ्ग आदर्श नागरिक सम्मान समर्पण गर्ने निर्णय
- चारआलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको ज्ञापन
- पक्राउ परेको साढे चार घण्टापछि रिहा भए रेशम चौधरी
- नक्कली नोटसहित भारतीय नागरिक पक्राउ
झापा- निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। प्रदेश र संघीय चुनावलाई लक्षित गर्दै आयोगले असार १ गतेबाट काम थाल्ने जनाएको हो ।
माघ २५ गते स्थानीय तह निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली संकलन तथा अद्यावधिक स्थागित गरिएको थियो ।
आउँदो कात्तिक अन्तिम साता वा मंसिर पहिलो साताभित्र प्रदेश र संघको निर्वाचन गर्नुपर्ने आयोगले निष्कर्ष निकालेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनु भयो ।
मतदाता नामावलीमा नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिर्वतन गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिनेछ ।
आयोगबाट वितरण भएको मतदाता परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेको व्यक्तिहरुले समेत मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन् ।
बसोबास गरिरहेको स्थानबाट पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने व्यवस्था आयोगले गरेको छ ।