- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
दमक- झापाको दमकमा चीन नेपाल औद्योगिक पार्क निर्माणका लागि सरकारले एक अर्ब नौ करोड रुपैयाँ मुआब्जा बितरण गरेको छ । स्थानीयको जग्गा अधिग्रहण गरी सरकारले उक्त रकम मुआब्जा बितरण गरेको हो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयका प्रमुख काशीराम घिमिरेले दुई चरणमा गरी ७६२ बिघा जमिनका धनीलाई मुआब्जा रकम बितरण गरेको बताउनु भयो । स्थानीयले दुई लाखदेखि ४५ लाखसम्म मुआब्जा रकम पाएका छन् ।
रणनीतिक महत्वको पार्कको तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७७ फागुन १७ गते शिलान्यास गर्नुभएको थियो ।