- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड
झापा– नेकपा माओवादी केन्द्रका नेता युवराज दाहाल राष्ट्रिय युवा परिषद् झापाको अध्यक्षमा नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्को १३ औँ बैठकले दाहाललाई आज अध्यक्षमा नियुक्त गरेको हो ।
माओवादी केन्द्र बिर्तामोड नगर कमिटीका इञ्चार्ज रहनु भएका दाहालले गत साता पदबाट राजीनामा दिनु भएको थियो । स्थानीय तह निर्वाचनमा बिर्तामोडमा पार्टीको नेतृत्व स्थापित गर्न नसकिएको स्वीकार्दै उहाँले राजीनामा दिनु भएको हो ।
नगर इञ्चार्जको जिम्मेवारी त्यागे लगत्तै दाहालले परिषद्को राजनीतिक नियुक्तिमा जिल्ला अध्यक्षको जिम्मेवारी पाउनु भएको छ । आफ्नो कार्यकालमा युवाको नेतृत्वदायी भूमिकालाई अझै प्रभावकारी बनाउन आफूले इमान्दारीपूर्वक काम गर्ने दाहालले बताउनु भयो ।
यसअघि परिषद्को अध्यक्षमा नेकपा एमालेका तर्फबाट मदन बुढाथोकी रहनु भएको थियो । बुढाथोकी बिर्तामोड–३ को अध्यक्षमा निर्वाचित भइसक्नु भएको छ । बुढाथोकीले परिषद्को अध्यक्ष त्यागेपछि खाली रहेको ठाउँमा मन्त्रालयले दाहाललाई नियुक्त गरेको हो ।
नियमित कार्य सम्पादनसँगै युवाको वृहत्तर हित, क्षमता विकास, नेतृत्व निर्माण लगायतका सवालमा परिषद्ले काम गर्छ । परिषद्को कार्यालय जिल्ला समन्वय समितिको भवनमा राखिएको छ ।


















