- बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा खोज्न समिति
- विश्रान्तिघाटमा निःशुल्क स्वास्थ्य शिविर, ३५० जनाले लिए सेवा
- शिक्षासेवी गुरुभक्त न्यौपानेको अर्धकदको प्रतिमा अनावरण
- स्थापना दिवसमा नारी सञ्चार गृहद्वारा लेखनवृत्ति प्रदान
- रसुवा बाढीपीडितलाई झापाका पालिकाको सहयोग घोषणा, अझै ६ पालिका अनिर्णीत
झापा– काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्नु भएको छ । मेयर भएपछि उहाँले पहिलो पटक प्रधानसेनापतिसँग भेट गर्नु भएको हो ।
मेयरको सपथ लिएर कार्यभार सम्हालेलगत्तै साह सैनिक मुख्यालय जंगीअड्डा पुग्नु भएको छ । भेटमा मेयर साहले विपत् व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।
प्रधानसेनापति शर्माले मेयर साहलाई कार्यकाल सफलताको शुभकामना दिनुभयो । आगामी दिनमा महानगरपालिका र नेपाली सेनाबीच सहकार्य गर्ने विषयमा उहाँहरु बीच छलफल भएको छ ।


















