- नर्स अभावको संकट : स्वास्थ्य सेवामा बढ्दो दबाव
- रेमिट्यान्समा उच्च वृद्धि : अर्थतन्त्र वैदेशिक रोजगारमा निर्भर
- मानव सेवा आश्रममा दिवंगत विसुन्केको स्मृतिमा अक्षय कोष
- नयाँ कपडाको प्रलोभनमा बेचिएकी युवतीको उद्धार, एक महिला पक्राउ
- बीपी भट्टराई समाजवादी झापाको अध्यक्षमा सर्वसम्मत
झापा– काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्नु भएको छ । मेयर भएपछि उहाँले पहिलो पटक प्रधानसेनापतिसँग भेट गर्नु भएको हो ।
मेयरको सपथ लिएर कार्यभार सम्हालेलगत्तै साह सैनिक मुख्यालय जंगीअड्डा पुग्नु भएको छ । भेटमा मेयर साहले विपत् व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।
प्रधानसेनापति शर्माले मेयर साहलाई कार्यकाल सफलताको शुभकामना दिनुभयो । आगामी दिनमा महानगरपालिका र नेपाली सेनाबीच सहकार्य गर्ने विषयमा उहाँहरु बीच छलफल भएको छ ।