- जेनजी घाइते दनुवारको आमरण अनशनमा उज्यालो पार्टीको ऐक्यबद्धता
- पुष्पलाल इन्भेष्टमेन्टको १५ करोडको आईपीओ : बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
- लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध झापा पत्रकार महासंघको चेतावनी
- संविधान दिवसमा एमालेको रक्तदान : ६१ जनाले दिए रगत
- भोटेकोशी बाढी : मृतकको सम्झनामा दीप प्रज्वलन
झापा– तारा एयरको वेपत्ता विमानका विषयमा अहिले राति नौ बजेसम्म पनि कुनै टुङ्गो लाग्न सकेको छैन् । दिनभरको खोजी प्रयास खराव मौसमका कारण सफल हुन नसकेको हो ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले साँझसम्म विमान नभेटिएपछि खोजी कार्य स्थगित गरिएको जानकारी दिनुभयो ।
विमानको खोजी कार्यलाई सम्भाव्य स्थानमा केन्द्रित गरिएकोमा जटिल भूगोल र खराब मौसमका कारण हालसम्म स्थिति अज्ञात छ ।
आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानका क्याप्टेन प्रभाकर घिमिरेको फोनमा विमान सम्पर्कविहीन भएपछि पनि सम्पर्क भएको थियो । त्यसका आधारमा सम्भाव्य ठाउँमा सुरक्षा टोली केन्द्रीत छ ।
सम्पर्कविहीन भएको ९ एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ । जहाजमा चालक दलका ३ सदस्य पनि छन् ।


















