- बिर्तामाेडमा एमालेको सामूहिक देउसी : दुई लाख रुपैयाँ संकलन
- झापाको दमकमा बस दुर्घटना : एक जनाको मृत्यु
- संसद विघटन विरुद्ध परेका रिटमाथि सर्वोच्चमा आजदेखि सुनवाई
- शिवसताक्षीमा रात्रिबस दुर्घटना : १९ जना यात्रु घाइते
- एलभिडी झापा महिला गोल्डकपको मुख्य प्रायोजक
बिर्तामोड–बिर्तामोड नगरपालिकामा स्थानीय तह निर्वाचनको मत गणना भइरहँदा मेयर ध्रुवकुमार सिवाकोटी सटुक्क अमेरिका उडेका छन् ।
कार्यकाल दोहोर्याउने योजना असफल भएपछि सिवाकोटी निराश भएका थिए । टिकट नपाएपछि उनले केही दिन आफ्नो असन्तुष्टि व्यक्त गरिरहे ।
एमाले नेताहरु घरमा गएर छलफल र परामर्श गरेपछि सिवाकोटी चुनावी प्रचार अभियानमा सहभागी भएका थिए ।
निर्वाचन प्रचार अभियानमा एमालेको पक्षमा जनमत सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेका सिवाकोटी मत गणना भइरहँदा अमेरिका हानिएका हुन् ।
एमाले स्रोतले पारिवारिक कामले उनी अमेरिका गएको जनाएको छ । पाँचवर्षे कार्यकाल पूरा हुनु अगावै चार दिनअघि उनी अमेरिका गएका हुन् ।














