- सरकार खोज उद्धारमा चुक्यो, प्रतिपक्षलाई गाली गरेर उम्किन खोज्यो : अध्यक्ष गिरी
- शिक्षा सहकारीको इकाइगत साधारणसभा सुरु
- कांग्रेसको वडा अधिवेशन एक साता पर सार्ने तयारी
- शिवगञ्जमा श्रीकृष्णको भव्य रथयात्रा, हजारौँ भक्तजन सहभागी
- क्षितिज नाट्य प्रतिष्ठानको नेतृत्वमा पुनः माधव कल्पित
बिर्तामोड–बिर्तामोड नगरपालिकामा स्थानीय तह निर्वाचनको मत गणना भइरहँदा मेयर ध्रुवकुमार सिवाकोटी सटुक्क अमेरिका उडेका छन् ।
कार्यकाल दोहोर्याउने योजना असफल भएपछि सिवाकोटी निराश भएका थिए । टिकट नपाएपछि उनले केही दिन आफ्नो असन्तुष्टि व्यक्त गरिरहे ।
एमाले नेताहरु घरमा गएर छलफल र परामर्श गरेपछि सिवाकोटी चुनावी प्रचार अभियानमा सहभागी भएका थिए ।
निर्वाचन प्रचार अभियानमा एमालेको पक्षमा जनमत सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेका सिवाकोटी मत गणना भइरहँदा अमेरिका हानिएका हुन् ।
एमाले स्रोतले पारिवारिक कामले उनी अमेरिका गएको जनाएको छ । पाँचवर्षे कार्यकाल पूरा हुनु अगावै चार दिनअघि उनी अमेरिका गएका हुन् ।


















