- ओलीलाई पक्राउ गर्न झापाका पत्रकार संगठनको संयुक्त माग
- पुष्पलाल इन्भेस्टमेन्टको १५ लाख कित्ता आइपीओ आउँदै
- एकैदिन तोलामा ४ हजार २ सयले उक्लियो सुन
- विदेशी विमानस्थलबाट श्रमिक पठाउने ३९ म्यानपावर कारबाहीमा
- ओलीको दबाब अस्वीकार गर्दै कार्कीको अडान- ‘राजीनामा दिन्नँ’
बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी नगर समिति बिर्तामोडले नगरबासी आम मतदातालाई धन्यबाद दिएको छ । स्थानीय तह निर्वाचनमा आफ्ना उमेद्वारलाई मतदान गरेको भन्दै राप्रपाले धन्यबाद दिएको हो ।
राप्रपबाट बिर्तामोड नगरपालिकामा उपप्रमुखकी उमेद्वार समेत रहेकी नगर अध्यक्ष रञ्जु प्याकुरेलले निर्वाचनमा भाग लिएर प्राविधिक रुपमा पराजित भए पनि पार्टीको निष्ठा, नीति र सिद्धान्तबाट चिलित नहुने बताएकी छन् ।
राप्रपा एउटा राजनीतिक पार्टी मात्र नभएर भ्रष्टाचारबिरुद्धको अभियान भएको बताउँदै उनले अभियान सफल पार्न निरन्तर खबरदारी रहने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
‘हामीलाई जनताले कमजोर संगठन मजबुत पार्न दिएको अवसरलार्इ सदुपयोग गरौँ । सबैलाई फेरि पनि आभारसहित धन्यवाद’, उनले भनेकी छन् ।


















