- घिसिङलाई हटाउने निर्णयप्रति कांग्रेस महामन्त्री शर्माको आपत्ति
- कुलमानलाई पदमुक्त गर्ने सरकारको निर्णय
- एक्सेल विकास बैंकको साधारण सभा : वित्तीय दायरा फराकिलो बनाउने बाटो खुला
- पत्रकार महासंघद्वारा प्रेस काउन्सिलका पूर्वअध्यक्ष बस्नेतको निधनमा दुःख व्यक्त
- राप्रपाभित्र आन्दोलनको नेतृत्वको विषयमा विवाद
कनकाई– झापाको कनकाई नगरपालिकामा उमेद्वार चयनमा काङ्ग्रेसभित्र भएको भाँडभैलो र कार्यकर्ता पङ्तिमा देखिएको असन्तुष्टिको फाइदा यसपटक नेकपा एमालेले लिएको छ ।
स्थानीय तह निर्वाचनमा काङ्ग्रेसका दुई उमेद्वार चुनावी प्रतिस्पर्धामा गएपछि त्यसबाट सिर्जित ‘राजनीतिक लाभ’ एमालेको जीतका लागि पर्याप्त हुँदै गएको हो ।
टिकट वितरणमा असन्तुष्टि जनाउँदै निर्माण व्यवसायी समेत रहेका का्ग्रेस नेता शेरबहादुर थापाले पार्टी परित्याग गरी स्वतन्त्रबाट नगर प्रमुखमा उमेद्वारी दिएका थिए । उनको उमेद्वारीले कार्यकर्ताको मत बाँडिएको छ ।
काङ्ग्रेसका आधिकारिक उमेद्वार रुद्रप्रसाद चिमरिया एकातिर उभिएका छन् । उनले पाएको मत ज्यादै कम छ । काङ्ग्रेस कार्यकर्ताले थापाको पक्षमा मत दिने सुइँको पाइरहँदा एमाले आफ्नै नेता कार्यकर्ताको मत जसरी पनि सुरक्षित गर्ने नीतिमा थियो । एमाले नीतिको प्रभाव चालु मत गणनामा देखिन थालेको हो ।
स्वतन्त्र हैसियतका उमेद्वार थापाले मत गणनामा निरन्तर अग्रता लिइरहँदा एमालेका नगर प्रमुखका सशक्त दावेदार राजेन्द्र पोखरेलले हार्ने हुन् कि भन्ने चिन्ता पार्टी पङक्तिमा बढ्दै गएको थियो ।
सोमवार पोखरेलले अग्रता लिएपछि उनको जीत सुनिश्चित हुँदै गएको एमाले वृत्तमा चर्चा छ । पोखरेलले एक हजार भन्दाबढी मतले अग्रता कायम गरेका छन् ।
जारी गणनामा ५,३०५ मतका साथ उनी अगाडि बढेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी थापाले ४,२५९ ल्याएका छन् । काङ्ग्रेस उमेद्वार चिमरियाको ३,७४६ मत आएको छ ।
कनकाईमा अब ९ हजार ५ सय मत गणना गर्न बाँकी छ । १६,३३९ मत गणना भइसकेको निर्वाचन कार्यालयले जनाएको छ । उपप्रमुखमा काङ्ग्रेस उमेद्वार आशा शर्मा सिवाकोटीको अग्रता छ ।
प्राध्यापन पृष्ठभूमिकी सिवाकोटीले एमाले उमेद्वार मञ्जु प्रसाईलाई करिव आठ सय मतले पछाडि पारेकी छन् ।