- बिर्तामोडमा सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण : सभामुख घिमिरेद्वारा उद्घाटन
- झापा इनर्जीले सर्वसाधारणका लागि ९.५ करोडको आईपीओ निष्कासन गर्ने
- नक्कली नोट १३ लाख र अफिमसहित ५ जना पक्राउ
- सहारा नेपालका कर्मचारीमाथि दुर्व्यवहार : संलग्न दुई महिलाविरुद्ध पक्राउ पूर्जी, प्रहरी परिचालनपछि फरार
- पार्टीलाई सुदृढ बनाउन एमालेको नयाँ रणनीति : अब दुई पुस्ता सँगसँगै
कनकाई– झापाको कनकाई नगरपालिकामा भइरहेको मत गणनामा नेकपा एमालेले अग्रता लिएको छ । नगर प्रमुखका एमाले उमेद्वार राजेन्द्र पोखरेलले पहिलो पटक अग्रता लिएका हुन् । यसअघि आधामत गणना हुँदा स्वतन्त्र उमेद्वार शेरबहादुर थापा पोखरेल भन्दा अगाडि थिए ।
मतगणनामा सुरुवाती अग्रता लिएपछि नेपाली काङ्ग्रेसका बागी उमेद्वार थापाको चर्चा देशव्यापी भएको थियो । एमालेको स्थानीय राजनीतिमा प्रभावशाली मानिएका पोखरेल थापालाई पछ्याइरहेका थिए । मत गणना सुरु भएको तीन दिनपछि पोखरेलले अग्रता लिएका छन्, थापा उनलाई पछ्याउँदैछन् ।
हालसम्म १३ हजार ६ सय ४ मत गन्दा पोखरेल ४०० मतले अगाडि छन् । पोखरेलले ४३ सय ७८ मत ल्याउँदा थापाले ३९ सय ७८ मत प्राप्त गरेका छन् । उपमेयरमा भने काङ्ग्रेसकी उम्मेदवार आशा शर्मा शिवाकोटीले ४३२ मतले एमालेकी मन्जु प्रसाईलाई पछाडि पारेकी छन् ।
आशाले ५,१२३ मत ल्याउँदा एमालेकी मन्जु प्रसाईंले ४,६५१ मतले ल्याएकी छन् । मत गणना जारी छ । काङ्ग्रेसका उमेदवार रुद्रप्रसाद चिमरियाको मत भने धेरै पछाडि छ ।
थापालाई पार्टी छोड्न बाध्य बनाएर काङ्ग्रेसको जिल्ला नेतृत्वले चिमरियालाई काखी च्याप्दा हारको स्थिति आउने अवस्था आएको टिप्पणी काङ्ग्रेस कार्यकर्ताको छ ।