- ओलीलाई पक्राउ गर्न झापाका पत्रकार संगठनको संयुक्त माग
- पुष्पलाल इन्भेस्टमेन्टको १५ लाख कित्ता आइपीओ आउँदै
- एकैदिन तोलामा ४ हजार २ सयले उक्लियो सुन
- विदेशी विमानस्थलबाट श्रमिक पठाउने ३९ म्यानपावर कारबाहीमा
- ओलीको दबाब अस्वीकार गर्दै कार्कीको अडान- ‘राजीनामा दिन्नँ’
कनकाई– झापाको कनकाई नगरपालिकामा भइरहेको मत गणनामा नेकपा एमालेले अग्रता लिएको छ । नगर प्रमुखका एमाले उमेद्वार राजेन्द्र पोखरेलले पहिलो पटक अग्रता लिएका हुन् । यसअघि आधामत गणना हुँदा स्वतन्त्र उमेद्वार शेरबहादुर थापा पोखरेल भन्दा अगाडि थिए ।
मतगणनामा सुरुवाती अग्रता लिएपछि नेपाली काङ्ग्रेसका बागी उमेद्वार थापाको चर्चा देशव्यापी भएको थियो । एमालेको स्थानीय राजनीतिमा प्रभावशाली मानिएका पोखरेल थापालाई पछ्याइरहेका थिए । मत गणना सुरु भएको तीन दिनपछि पोखरेलले अग्रता लिएका छन्, थापा उनलाई पछ्याउँदैछन् ।
हालसम्म १३ हजार ६ सय ४ मत गन्दा पोखरेल ४०० मतले अगाडि छन् । पोखरेलले ४३ सय ७८ मत ल्याउँदा थापाले ३९ सय ७८ मत प्राप्त गरेका छन् । उपमेयरमा भने काङ्ग्रेसकी उम्मेदवार आशा शर्मा शिवाकोटीले ४३२ मतले एमालेकी मन्जु प्रसाईलाई पछाडि पारेकी छन् ।
आशाले ५,१२३ मत ल्याउँदा एमालेकी मन्जु प्रसाईंले ४,६५१ मतले ल्याएकी छन् । मत गणना जारी छ । काङ्ग्रेसका उमेदवार रुद्रप्रसाद चिमरियाको मत भने धेरै पछाडि छ ।
थापालाई पार्टी छोड्न बाध्य बनाएर काङ्ग्रेसको जिल्ला नेतृत्वले चिमरियालाई काखी च्याप्दा हारको स्थिति आउने अवस्था आएको टिप्पणी काङ्ग्रेस कार्यकर्ताको छ ।


















