- जेनजी घाइते दनुवारको आमरण अनशनमा उज्यालो पार्टीको ऐक्यबद्धता
- पुष्पलाल इन्भेष्टमेन्टको १५ करोडको आईपीओ : बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
- लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध झापा पत्रकार महासंघको चेतावनी
- संविधान दिवसमा एमालेको रक्तदान : ६१ जनाले दिए रगत
- भोटेकोशी बाढी : मृतकको सम्झनामा दीप प्रज्वलन
झापा–स्थानीय तहको निर्वाचनमा बिर्तामोड नगरपालिकामा नेकपा एमालेका उमेद्वारले निरन्तर अग्रता लिइरहेका छन् । वडा नम्वर–१ मा भइरहेको गणनामा एमाले उमेद्वारको अग्रता कायमै रहेको हो ।
एमालेका तर्फबाट नगर प्रमुखकी उमेद्वार पवित्रा महतरा प्रसाईले ११३८ मत प्राप्त गरेकी छन् । काङ्ग्रेसका उमेद्वार भोजराज सिटौलाको ७९४ मत छ ।
पछिल्लो परिणाममा प्रसाई र सिटौला बीच ३४४ मतको अन्तर छ । उपप्रमुखका रुपमा एमाले उमेद्वार नगेन्द्र सङ्ग्रौला ११०९ मतसहित अगाडि छन् । पाँच दलीय गठबन्धनका तर्फबाट उमेद्वार बनेका माओवादीका सीपी कडरियाको ४७८ मत छ ।
सीपी भन्दा नगेन्द्र दोब्बर मतले अगाडि छन् । गठबन्धनमा आवद्ध काङ्ग्रेससहितका दलले उपप्रमुखका उमेद्वार कडरियालाई मत नहालेर धोका दिएको प्रारम्भिक आँकलन माओवादी केन्द्रभित्र छ ।
कतिपय माओवादी नेताले काङ्ग्रेसका तर्फबाट विश्वासघात भएको टिप्पणी पनि गरेका छन् । यद्यपि, अन्तिम मत परिणाम प्राप्त नहुञ्जेलसम्म यस विषयमा औपचारिकरुपमा नबोल्ने माओवादी केन्द्रका एक नेताले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रमुखका उमेद्वार ध्रुव उप्रेतीले २२७ मत पाएका छन् । उपप्रमुखका उमेदर्वार रञ्जु प्याकुरेल ३०१ मत पाएकी छन् । उप्रेतीको भन्दा प्याकुरेलको पक्षमा ७४ मत धेरै खसेको हो । मत गणना जारी छ ।


















