• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. राजनीति
  3. निर्वाचन जित्न गठबन्धनले धाँधलीको सहारा लिएको एमालेको निष्कर्ष
 निर्वाचन जित्न गठबन्धनले धाँधलीको सहारा लिएको एमालेको निष्कर्ष
राजनीति

निर्वाचन जित्न गठबन्धनले धाँधलीको सहारा लिएको एमालेको निष्कर्ष

by Speak १ जेष्ठ २०७९, आईतवार १७:१७
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

झापा– स्थानीय तह निर्वाचन जसरी पनि जित्न सत्ताधारी गठबन्धनले धाँधलीको सहारा लिन थालेको नेकपा एमालेले निष्कर्ष निकालेको छ । मतदान अगाडि र पछाडि सत्तारुढ दलबाट भइरहेका व्यवहारको समिक्षा गर्र्दै नेकपा एमालेले यस्तो निष्कर्ष निकालेको हो ।

एमाले कार्यकर्तामाथि आक्रमण, निर्वाचनमा आफू अनुकूलका कर्मचारी र प्रहरीको परिचालन, एमाले समर्थक र मतदातालाई हतोत्साही पार्ने श्रृङ्खलावद्ध व्यवहार लगायतका क्रियाकलाप सत्तासीन दलबाट भएको एमाले महासचिव शंकर पोखरेलले बताए ।

‘स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन हुनुपर्छ भन्नेमा हाम्रो सधैँ जोड छ’, महासचिव पोखरेलले भने, ‘भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीको सहारा लिएको छ ।’

सत्ता गठबन्धनले लोकतन्त्र र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको भन्दै महासचिव पोखरेलले निर्वाचनको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र नेकपा एमालेको विपक्षमा परिचालित भएकोप्रति कडा आक्रोश व्यक्त गरेका छन् । ‘मतदान र मतगणनाको क्रममा सत्ता गठबन्धनले योजनाबद्ध धाँधली गरेकोप्रति हाम्रो आपत्ति छ’, महासचिव पोखरेलले भने ।

आइतवार विज्ञप्ति निकालेर एमालेले निर्वाचन अगाडि आफ्ना कार्यकर्ताको अपहरण र पूर्व रुकुम तथा ताप्लेजुुङमा हत्या गरेको र पोष्टमार्टम समेत नगरी त्यसै राखिएको जनाएको छ । उम्मेदवारको गाडी खानतलासी गर्ने, उम्मेदवारलाई पक्राउ गर्ने, उम्मेदवारका परिवारका सदस्यलाई प्रचारात्मक रुपमा घेराबन्दीमा पार्ने काम सत्तारुढ दलले गरेको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन परिणामलाई सत्ता गठबन्धनको पक्षमा पार्न दोलखाको बैतेश्वर, तामाकोशी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको सुनकोशी, काभे्रको पाँचखाल, बाराको पचरौता, अछामको साफेबगर, पञ्चदेवल बिनायक, मंगलसेन, बझाङको छबिसपाथिभेरा, सर्लाहीको धनकौल, बलरा, रामनगर, बागमती, बरहथवा, रौतहटको करुनिया लगायत दर्जनौं स्थानमा बुथकब्जा गरिएकोप्रति पनि एमालेले आक्रोश व्यक्त गरेको छ ।

मतगणना स्थलमा कानुनविपरीत सत्ता गठबन्धन पक्षधर उम्मेदवारको मतलाई सदर गर्ने र नेकपा एमाले पक्षधर उम्मेदवारको मत बदर गर्ने गरी फरक–फरक मानक बनाई पक्षपातपूर्ण व्यवहार गरेको दावी एमालेको छ ।

मोर्चाबन्दीले नपुुगेर धाँधलीमा उत्रिएको, ‘योजनाबद्ध धाँधली’लाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको जनाउँदै एमालेले यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गरेको छ । पुनः मतदान र मतगणनाको लागि दिएको उजुरीउपर गम्भीरतासाथ ध्यान दिई कार्यान्वयन गर्न एमालेले निर्वाचन आयोगलाई आग्रह पनि गरेको छ ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.