- बिर्तामाेडमा एमालेको सामूहिक देउसी : दुई लाख रुपैयाँ संकलन
- झापाको दमकमा बस दुर्घटना : एक जनाको मृत्यु
- संसद विघटन विरुद्ध परेका रिटमाथि सर्वोच्चमा आजदेखि सुनवाई
- शिवसताक्षीमा रात्रिबस दुर्घटना : १९ जना यात्रु घाइते
- एलभिडी झापा महिला गोल्डकपको मुख्य प्रायोजक
झापा– अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमका बीच केसी, खड्कासँगै कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि कांग्रेसमा प्रवेश गरेका हुन् ।
अभिनेता नीर शाह लगायतले उनीहरुलाई कांग्रेसमा प्रवेश गराउन पहल गरेका थिए । कांग्रेसमा प्रवेश गरेका सबै कलाकारलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका छन् ।
स्थानीय निर्वाचनको मुखमा कलाकारलाई पार्टीमा प्रवेश गराउँदै देउवाले कलाकार देशको गहना भएकाले पार्टीले पनि उचित जिम्मेवारीसहित सम्मान गर्ने आश्वासन दिएका थिए ।














