कचनकवल– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको चुनावमा ठूला दललाई राप्रपाले ठक्कर दिने बताएका छन् । जनताको मन बदलिएको दाबी गर्दै अध्यक्ष लिङ्देनले यसपटकको चुनावमा टक्करभन्दा पनि ठक्कर दिइने बताए ।
झापाको कचनकवलमा भएको सभालाई सम्बोधन गर्दै उनले राप्रपालाई कमजोर शक्तिका रूपमा नलिन आग्रह गरे । उनले जनताको भोटबाट ठूला दललाई ठक्कर दिइने बताए ।
उनले राजनीतिलाई पेशाभन्दा पनि सेवाका रूपमा अघि लैजानुपर्ने बताए । राजनीति सत्ताका लागि भन्दा पनि देश बनाउनका लागि गरिनुपर्ने उनको भनाइ थियो ।
उनले भ्रष्टाचार गर्नेलाई राप्रपाले ठाउँ नदिने बताए । जनप्रतिनिधिले भ्रष्टाचार गरेको पाइएमा पार्टीले कारबाही गर्ने उनको चेतावनी छ ।
कचनकवलमा ०७४ मा राप्रपाले अध्यक्ष तथा उपाध्यक्ष जितेको थियो । यहाँ अहिले पनि उम्मेदवार अञ्जार आलम र निमसरी राजवंशी नै छन्।
- सरकार खोज उद्धारमा चुक्यो, प्रतिपक्षलाई गाली गरेर उम्किन खोज्यो : अध्यक्ष गिरी
- शिक्षा सहकारीको इकाइगत साधारणसभा सुरु
- कांग्रेसको वडा अधिवेशन एक साता पर सार्ने तयारी
- शिवगञ्जमा श्रीकृष्णको भव्य रथयात्रा, हजारौँ भक्तजन सहभागी
- क्षितिज नाट्य प्रतिष्ठानको नेतृत्वमा पुनः माधव कल्पित



















