२० मंसिर २०८०, बुधबार | Wed Dec 6 2023

हामी टक्कर होइन, ठक्कर दिन्छौँ : लिङ्देन



कचनकवल– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको चुनावमा ठूला दललाई राप्रपाले ठक्कर दिने बताएका छन् । जनताको मन बदलिएको दाबी गर्दै अध्यक्ष लिङ्देनले यसपटकको चुनावमा टक्करभन्दा पनि ठक्कर दिइने बताए ।

झापाको कचनकवलमा भएको सभालाई सम्बोधन गर्दै उनले राप्रपालाई कमजोर शक्तिका रूपमा नलिन आग्रह गरे । उनले जनताको भोटबाट ठूला दललाई ठक्कर दिइने बताए ।

उनले राजनीतिलाई पेशाभन्दा पनि सेवाका रूपमा अघि लैजानुपर्ने बताए । राजनीति सत्ताका लागि भन्दा पनि देश बनाउनका लागि गरिनुपर्ने उनको भनाइ थियो ।