• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. स्पोर्टस कर्नर
  3. टी–२०ः जिम्बावेसँग नेपाल पराजित
 टी–२०ः जिम्बावेसँग नेपाल पराजित
स्पोर्टस कर्नर

टी–२०ः जिम्बावेसँग नेपाल पराजित

by Speak १८ बैशाख २०७९, आईतवार १६:३७

काठमाडौँ–  पहिलो टी–२० खेलमा जिम्बावे ‘‘ए’ ले नेपाललाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा जिम्बावेले नेपाललाई ६ विकेटले पराजित गर्‍यो ।

नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावेले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

जिम्बावेका लागि कप्तान टोनी मुनयोङ्गा र ताडिवानाशे मारूमानीले अर्धशतक प्रहार गरे । मुरमानीले ५६ रन र कप्तान टोनीले ५० रन जोडे । त्यसअघि ओपर इनोसेन्ट काइयाले ३० बलमा ४७ रन जोडे ।

बलिङमा नेपालका डेब्यू खेलाडी बसिर अहमेदले २ विकेट लिए । करण केसी र सन्दीप लामिछानले १–१ विकेट हात पारे ।

त्यसअघि जिम्बावेले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा १८१ रन जोड्यो ।

नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान आदिल अन्सारीले उत्कृष्ट ब्याटिङ गरे । उनले २७ बलमा ४ चौका र ३ छक्काको मद्दतमा नटआउट ४७ रन जोडे ।

त्यसअघि ओपनर कुशल भुर्तेलले ४६ रन जोडे । उनले ३१ बलमा ८ चौका हिर्काए । आसिफ शेख ९ रनमा आउट भए ।

रोहितकुमार पौडेलले २६ बलमा ३६ रन र दीपेन्द्रसिंह ऐरीले रनआउट हुनुअघि १३ रनमा २८ रनको योगदान दिए ।

आरिफ शेख भने २ रनमै आउट भए । करण केसी ४ रनमा नटआउट रहे ।

बलिङमा जिम्बावेका ब्राड इभान्स, लुक जोङगे, ब्रान्डन माभुता र जोन मसाराले १–१ विकेट लिए ।

यसअघि शनिबारका तय भएको पहिलो एकदिवसीय खेल वर्षाका कारण स्थगित भएको थियो । एकदिवसीय खेल प्रभावित भएपछि पहिले टी–२० सिरिज गरिएको हो ।

दोस्रो टी–२० सोमबार मा र तेस्रो टी–२० वैशाख २१ मा हुनेछ ।

एकदिवसीय खेलहरू वैशाख २३, २४ र २६ गते हुनेछन् ।

नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ खेल्न अमेरिका जानुअघि जिम्बावेको ए टिमसँग तयारीस्वरुप खेल्न लागेको हो ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.