- सरकार खोज उद्धारमा चुक्यो, प्रतिपक्षलाई गाली गरेर उम्किन खोज्यो : अध्यक्ष गिरी
- शिक्षा सहकारीको इकाइगत साधारणसभा सुरु
- कांग्रेसको वडा अधिवेशन एक साता पर सार्ने तयारी
- शिवगञ्जमा श्रीकृष्णको भव्य रथयात्रा, हजारौँ भक्तजन सहभागी
- क्षितिज नाट्य प्रतिष्ठानको नेतृत्वमा पुनः माधव कल्पित
बिर्तामाेड– नेकपा एमाले बिर्तामोड नगर कमिटीले आज वडा नम्बर १ काे धिमाल बस्तीमा घरदैलो कार्यक्रम आयोजना गरेको छ । मेयरका उमेद्वार पवित्रा महतारा प्रसाई र उपमेयरका उमेद्वार नगेन्द्र सङ्ग्राैला सहितकाे टाेली चुनावी प्रचारका सिलसिलामा धिमाल वस्ती पुगेकाे हाे।

घरदैलाे अभियानमा एमालेका स्थानीय देखि केन्द्र सम्मका नेता तथा कार्यकर्ता सहभागी छन् ।
घरदैलो अभियानमा सरिक एमाले नेताहरुले बिर्तामाेडकाे विकास र समृद्धिका लागि स्थानीय तहमा एमाले नेतृत्वको सरकार अपरिहार्य रहेको बताएका छन् ।
कार्यक्रममा बोल्दै संविधानसभा सदस्य मनकुमार गौतमले धिमाल बस्तीमा रहेका समस्याको समाधानका लागि एमाले जानकार रहेको जनाउँदै आगामी दिनमा ती सबै समस्याको समाधान गर्दै लगिने बताए ।


















