- नर्स अभावको संकट : स्वास्थ्य सेवामा बढ्दो दबाव
- रेमिट्यान्समा उच्च वृद्धि : अर्थतन्त्र वैदेशिक रोजगारमा निर्भर
- मानव सेवा आश्रममा दिवंगत विसुन्केको स्मृतिमा अक्षय कोष
- नयाँ कपडाको प्रलोभनमा बेचिएकी युवतीको उद्धार, एक महिला पक्राउ
- बीपी भट्टराई समाजवादी झापाको अध्यक्षमा सर्वसम्मत
बिर्तामाेड– नेकपा एमाले बिर्तामोड नगर कमिटीले आज वडा नम्बर १ काे धिमाल बस्तीमा घरदैलो कार्यक्रम आयोजना गरेको छ । मेयरका उमेद्वार पवित्रा महतारा प्रसाई र उपमेयरका उमेद्वार नगेन्द्र सङ्ग्राैला सहितकाे टाेली चुनावी प्रचारका सिलसिलामा धिमाल वस्ती पुगेकाे हाे।

घरदैलाे अभियानमा एमालेका स्थानीय देखि केन्द्र सम्मका नेता तथा कार्यकर्ता सहभागी छन् ।
घरदैलो अभियानमा सरिक एमाले नेताहरुले बिर्तामाेडकाे विकास र समृद्धिका लागि स्थानीय तहमा एमाले नेतृत्वको सरकार अपरिहार्य रहेको बताएका छन् ।
कार्यक्रममा बोल्दै संविधानसभा सदस्य मनकुमार गौतमले धिमाल बस्तीमा रहेका समस्याको समाधानका लागि एमाले जानकार रहेको जनाउँदै आगामी दिनमा ती सबै समस्याको समाधान गर्दै लगिने बताए ।