- सर्वोच्चद्वारा निर्वाचन आयोगको निर्णय सदर : गगन समूहलाई आधिकारिकता
- शनिबार र आइतबार अस्पतालमा सार्वजनिक बिदा
- भर्ना र पठनपाठन आफ्नै निर्णय अनुसार गर्न स्थानीय तहलाई सर्कुलर
- बिर्तामोड चिल्ड्रेन अस्पतालमा बैशाख ७ देखि निःशुल्क स्वास्थ्य शिविर
- रास्वपाले मन्त्री र सांसदका लागि मासिक लेबी तोक्यो
अर्जुनधारा । स्थानीय तह निर्वाचनमा अत्याधिक बहुमतका साथ विजयी हुने लक्ष्य लिएर एमाले अर्जुनधाराले नगरपालिकाका मेयर उपमेयरका उम्मेद्वारसहित घरदैलो कार्यक्रम गरिरहेको छ । पार्टीले आज अर्जुनधारा नगरपालिकाको ६ र ११ नम्बर वडामा घरदैलो कार्यक्रम तथा कोणसभा गरेको हो ।
कोणसभामा नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाका मेयरका उम्मेद्वार बलदेव गोम्देन तामाङले समृद्ध अर्जुनधाराको परिकल्पनाकासाथ आफुहरु चुनावी मैदानमा होमिएको बताए । ‘जनताको शासक नभई सेवक बनेर काम गर्ने उद्देश्यकासाथ म चुनावी प्रतिस्पर्धामा आएको छु’, गोम्देनले भने ।
कार्यक्रममा एमालेको तर्फबाट उपमेयरकी उम्मेद्वार खड्गमाया पराजुलीले जनताको माग र विशेषज्ञको सुझावको आधारमा आफूले नगरपालिकामा विकासको काम गर्ने बताइन् । उनले बालबालिका र महिलाहरुको क्षेत्रमा विशेष योजनाकासाथ कार्य गर्ने आफ्नो उद्देश्य रहेको धारणा राखिन् ।
मेयरका सशक्त दावेदार गोम्देन नगरपालिकाको १० नम्बर वडाको निर्वतमान अध्यक्ष हुन् । उपमेयरकी उम्मेद्वार पराजुलीले निर्वाचित जनप्रतिनिधि भएर न्यायिक समिति सदस्यको जिम्मेवारीमा काम गरिसकेकी छन् ।
घरदैलो तथा कोणसभामा ६ र ११ नम्बरका वडाका उम्मेद्वारले समेत जनता समक्ष बिभिन्न प्रतिबद्धता राख्दै मत मागेका छन् । मेयर उपमेयरको उम्मेद्वार सहितको टोलीमा ६ नम्बर वडामा एमालेको तर्फबाट वडाअध्यक्ष पदका उम्मेद्वार दिवाकरलाल चौधरी र वडा सदस्य पदका उम्मेद्वारहरु टुंमानाथ काफ्ले, भीम राई, रमा निरौला र कल्पना विश्वकर्माको सहभागिता रहेको थियो ।
११ नम्बर वडामा भएको चुनावी घरदैलोमा एमालेको तर्फबाट वडाध्यक्षका उम्मेद्वार खगेन्द्र इङ्नामसहित वडा सदस्यका उम्मेद्वारहरु पूर्णबहादुर राई, केशव अधिकारी, सुशिला गिरी र सीता कँडेल दर्जीको सहभागिता रहेको थियो ।
नेकपा एमाले अर्जुनधाराको घरदैलो कार्यक्रममा प्रदेशसभा सांसद बिर्ख प्रधान, नेकपा एमालेका प्रदेश कमिटी सदस्य सन्तकुमार राई, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, उपप्रमुख कमला खतिवडा आचार्य लगायतका नेता सहभागी थिए । नेकपा एमाले अर्जुनधाराले शुक्रवार मेयर उपमेयरका उम्मेद्वारसहित १० नम्बर वडामा घरदैलो गर्ने जनाएको छ ।
















