- झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री
- कनकाईमा मोटरसाइकल दुर्घटना : सिटौलाको मृत्यु
- कार्तिक २९ गते बिर्तामोडमा जनसभा गर्ने एमालेको तयारी
- जेनजी आन्दोलनमा झापाका प्रहरी कार्यालयमा आगो लगाउने १२ जना पक्राउ
- बिर्तामाेडमा एमालेको सामूहिक देउसी : दुई लाख रुपैयाँ संकलन
झापा– स्थानीय तहको निर्वाचन सुरक्षाका लागि तयारी पूरा भएको छ। गृह मन्त्रालयका प्रवक्ता उपसचिव फणिन्द्रमणि पोखरेलले राज्यका चारवटै सुरक्षा संयन्त्र परिचालन गरी निर्वाचन शान्तिपूर्ण र सुरक्षित सम्पन्न गरिने बताए ।
गृहले निर्वाचन लक्षित ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७९’ बनाएर सोहीबमोजिम जिल्ला तहमा कार्यान्वयन गर्न निर्देशन दिएको छ । स्थानीय तहको निर्वाचनका लागि १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् ।
मतदान स्थलको सुरक्षा र संरक्षणका लागि नेपाल प्रहरी मतदान केन्द्रको पहिलो स्थानमा खटिने पोखरेलले बताए । नेपालभर ६५ हजार नेपाल प्रहरी परिचालन हुँदैछन्।














