- झापा इनर्जी शेयर निष्कासनकाे अन्तिम तयारीमा
- बिर्तामोडमा क्षयरोगका ‘लुकेका’ बिरामी खोज्न तीनदिने अभियान
- धरमपुरमा खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरी : धारामा आएन पानी
- पूर्वेली ढुवानीको यात्रामा थपिए दुई शक्तिशाली ‘सारथी’
- वैदेशिक रोजगारीमा झापाको कहालीलाग्दो तथ्याङ्क : तीन वर्षमा १९५ जनाको मृत्यु
विर्तामोड– नेपाली कांग्रेस झापाले आसन्न स्थानीय तह निर्वाचन परिचालन, अनुगमन एवम् प्रचार–प्रसारका लागि दुईवटा समिति गठन गरेको छ । सभापति देउकुमार थेवेको संयोजकत्वमा जिल्लास्तरीय निर्वाचन परिचालन तथा अनुगमन समिति गठन गरिएको हो ।
समितिमा झापाबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्य, वहालवाला मन्त्री एवम् सांसद, झापाबाट निर्वाचित १ नम्बर प्रदेश कार्य समितिका पदाधिकारी, सदस्य, नेपाली कांग्रेस झापाका पदाधिकारी र क्षेत्रीय सभापतिहरु सदस्य छन् ।
पार्टी सचिव कृष्ण हुमागाईको संयोजकत्वमा गठित जिल्ला निर्वाचन प्रचार–प्रसार समितिमा जिल्ला कार्य समितिका सदस्य, क्षेत्रीय समितिका पदाधिकारीहरु, नेपाल प्रेस युनियन झापा, महाधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुखहरु प्रचार–प्रसार समितिको सदस्य रहने कार्यालय सचिव जयकुमार दाहालले जानकारी बताए ।