- सरकार खोज उद्धारमा चुक्यो, प्रतिपक्षलाई गाली गरेर उम्किन खोज्यो : अध्यक्ष गिरी
- शिक्षा सहकारीको इकाइगत साधारणसभा सुरु
- कांग्रेसको वडा अधिवेशन एक साता पर सार्ने तयारी
- शिवगञ्जमा श्रीकृष्णको भव्य रथयात्रा, हजारौँ भक्तजन सहभागी
- क्षितिज नाट्य प्रतिष्ठानको नेतृत्वमा पुनः माधव कल्पित
विर्तामोड– नेपाली कांग्रेस झापाले आसन्न स्थानीय तह निर्वाचन परिचालन, अनुगमन एवम् प्रचार–प्रसारका लागि दुईवटा समिति गठन गरेको छ । सभापति देउकुमार थेवेको संयोजकत्वमा जिल्लास्तरीय निर्वाचन परिचालन तथा अनुगमन समिति गठन गरिएको हो ।
समितिमा झापाबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्य, वहालवाला मन्त्री एवम् सांसद, झापाबाट निर्वाचित १ नम्बर प्रदेश कार्य समितिका पदाधिकारी, सदस्य, नेपाली कांग्रेस झापाका पदाधिकारी र क्षेत्रीय सभापतिहरु सदस्य छन् ।
पार्टी सचिव कृष्ण हुमागाईको संयोजकत्वमा गठित जिल्ला निर्वाचन प्रचार–प्रसार समितिमा जिल्ला कार्य समितिका सदस्य, क्षेत्रीय समितिका पदाधिकारीहरु, नेपाल प्रेस युनियन झापा, महाधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुखहरु प्रचार–प्रसार समितिको सदस्य रहने कार्यालय सचिव जयकुमार दाहालले जानकारी बताए ।


















