१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

एमालेद्वारा बिर्तामोडमा चुनावी प्रचार अभियान सुरु



बिर्तामोड– नेकपा एमाले बिर्तामोड नगर कमिटीले आजदेखि चनावी प्रचार अभियान सुरु गरेको छ। प्रमुख र उपप्रमुखका उमेदवारसहित एमाले चुनावी प्रचार अभियानमा जुटेको हो ।

एमालेले बिर्तामोड वडा नम्बर-१ बाट चुनावी अभियान सुरु गरेको एमाले नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।

नगर प्रमुखका उम्मेदवार पवित्रा महतारा प्रसाई र उपप्रमुखका उम्मेदवार नगेन्द्र संग्रौलासहितकाे टाेली घरदैलोमा भोट माग्न गएकाे हाे। बिर्तामोडको हनुमाननगरमा एमाले नेता कार्यकर्ताको टाेली भाेट माग्न व्यस्त छ।

उपप्रमुखका उमेद्वार संग्रौलाले पूर्ण सुशासन सहितको नागरिक सेवा दिन एमाले प्रतिबद्ध रहेको जनाउँदै आफ्नो मत दिएर जिताउन अपिल गरेका छन् ।

नगर प्रमुखकी उम्मेदवार प्रसाईले बिर्तामाेडकाे समग्र विकासमा एमाले नेतृत्वले यसअघि पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै आगामी दिनमा थप विकास र समृद्धि का लागि एमालेलाई मतदान गर्न अनुरोध गरिन् ।

एमालेले बिर्तामोड वडा नम्बर एकमा वडाध्यक्षको रुपमा अग्निप्रसाद पाण्डेलाई अघि सारेको छ । पाण्डे यसअघि पनि स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका थिए ।

नगर कमिटीको घरदैलो अभियानमा चुनावी प्रचार अभियानका संयोजक एवम् राष्ट्रियसभाका पूर्व सदस्य हरिचरण सिवाकाेटी, प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल, नगर इञ्चार्ज देवराज कार्कीसहित नेता कार्यकर्ताको टोली सहभागी छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार ००:००  ९ : ०४ बजे