- सरकार खोज उद्धारमा चुक्यो, प्रतिपक्षलाई गाली गरेर उम्किन खोज्यो : अध्यक्ष गिरी
- शिक्षा सहकारीको इकाइगत साधारणसभा सुरु
- कांग्रेसको वडा अधिवेशन एक साता पर सार्ने तयारी
- शिवगञ्जमा श्रीकृष्णको भव्य रथयात्रा, हजारौँ भक्तजन सहभागी
- क्षितिज नाट्य प्रतिष्ठानको नेतृत्वमा पुनः माधव कल्पित
झापा– सत्ता गठबन्धनको साझेदार दल नेकपा एकीकृत समाजवादी झापामा एक्लै चुनावी मैदानमा उत्रिने भएको छ । भागवण्डामा सहमति नजुटेपछि समाजवादी गठबन्धनबाट बाहिरिएको हो । उसले सबै पालिकामा आफ्नो उमेद्वार सार्वजनिक गरेको छ ।
सहमति नहुने देखेर आफूहरु गठबन्धनबाट बाहिरिएको नेकपा समाजवादीका जिल्ला अध्यक्ष वेदराज रेग्मीले बताए । उनले अस्ति गरिएको सहमतिभन्दा पछि हटेर आफूहरुलाई अपमान गर्न खोजिएको बताए ।
समाजवादीले चारवटा उपप्रमुख मागेकोमा कांग्रेस र माओवादीले मुस्किलले एउटा उपप्रमुख र चारवटा वडाध्यक्ष मात्र दिन खोजेपछि चित्त नबुझेर आफूहरु छोडेर हिँडेको उनले बताए ।
गठबन्धनमा सहमति नभएपछि नेकपा समाजवादीले १५ पालिकामा उम्मेदवारी दिने तयारी गरेको प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले जानकारी दिए ।
उम्मेद्वारको टुंगो नलागेपछि आफूहरुले पनि तयारी शुरु गरेको जसपाका जिल्ला अध्यक्ष दिपेनवाला राईले बताए । आफूहरुले एउटा उपमेयर र नौ वटा वडाध्यक्ष दावी गरेकोमा कांग्रेस र माओवादीले ५ वटा वडाध्यक्ष दिन खोजेको राईले बताए ।
कांग्रेस र माओवादीले आन्तरिक सहमति गरेर नेकपा समाजवादी र जसपालाई बाइपास गर्न खोजेको उनीहरुको बुझाई छ ।


















