• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. राजनीति
  3. झापामा गठबन्धन टुट्दै, समाजवादी र जसपा अलग
 झापामा गठबन्धन टुट्दै, समाजवादी र जसपा अलग
राजनीति

झापामा गठबन्धन टुट्दै, समाजवादी र जसपा अलग

by Speak ८ बैशाख २०७९, बिहीबार २१:४६
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण


झापा– सत्ता गठबन्धनको साझेदार दल नेकपा एकीकृत समाजवादी झापामा एक्लै चुनावी मैदानमा उत्रिने भएको छ । भागवण्डामा सहमति नजुटेपछि समाजवादी गठबन्धनबाट बाहिरिएको हो । उसले सबै पालिकामा आफ्नो उमेद्वार सार्वजनिक गरेको छ ।

सहमति नहुने देखेर आफूहरु गठबन्धनबाट बाहिरिएको नेकपा समाजवादीका जिल्ला अध्यक्ष वेदराज रेग्मीले बताए । उनले अस्ति गरिएको सहमतिभन्दा पछि हटेर आफूहरुलाई अपमान गर्न खोजिएको बताए ।

समाजवादीले चारवटा उपप्रमुख मागेकोमा कांग्रेस र माओवादीले मुस्किलले एउटा उपप्रमुख र चारवटा वडाध्यक्ष मात्र दिन खोजेपछि चित्त नबुझेर आफूहरु छोडेर हिँडेको उनले बताए ।

गठबन्धनमा सहमति नभएपछि नेकपा समाजवादीले १५ पालिकामा उम्मेदवारी दिने तयारी गरेको प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले जानकारी दिए ।

उम्मेद्वारको टुंगो नलागेपछि आफूहरुले पनि तयारी शुरु गरेको जसपाका जिल्ला अध्यक्ष दिपेनवाला राईले बताए । आफूहरुले एउटा उपमेयर र नौ वटा वडाध्यक्ष दावी गरेकोमा कांग्रेस र माओवादीले ५ वटा वडाध्यक्ष दिन खोजेको राईले बताए ।

कांग्रेस र माओवादीले आन्तरिक सहमति गरेर नेकपा समाजवादी र जसपालाई बाइपास गर्न खोजेको उनीहरुको बुझाई छ ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.