- बिर्तामोडबाट ९० वर्षीय साहु र ४२ वर्षीया मियाको उद्धार
- कोशी ग्यासलाई २ लाख ९० हजार जरिवाना
- कोशीमा जापानिज इन्सेफ्लाइटिसबाट डेढ महिनामा ६ जनाको मृत्यु
- कोशीमा एमाले-नेकपा भागबन्डा पेचिलो
- झापामा एक वर्षमा २४ हजार चालक कारबाही
बिर्तामाेड– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनलाई गलत नभन्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई आज सम्वाेधन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।
अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन जायज भएको जनाउँदै भुलेर पनि त्यसलाई गलत भन्न नहुनेमा जोड दिएका छन् । ‘विघटन जायज थियो त्यही भएर आज एमाले यो अवस्थामा छ’, अध्यक्ष ओलीले भनेका छन् ।
अध्यक्ष ओलीले माओवादी केन्द्र सँगको एकता जोगाउन आफूले अनेक प्रयत्न गरेको तर सफल हुन नसकेको पनि दाबी गरे ।


















