- जेनजी घाइते दनुवारको आमरण अनशनमा उज्यालो पार्टीको ऐक्यबद्धता
- पुष्पलाल इन्भेष्टमेन्टको १५ करोडको आईपीओ : बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
- लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध झापा पत्रकार महासंघको चेतावनी
- संविधान दिवसमा एमालेको रक्तदान : ६१ जनाले दिए रगत
- भोटेकोशी बाढी : मृतकको सम्झनामा दीप प्रज्वलन
बिर्तामोड– नेपाल पत्रकार महासंघ झापाका सदस्य उमाकान्त खनाललाई मातृशोक परेको छ । खनालकी माता सरस्वतीको ६५ वर्षको उमेरमा आज बिहान ६.३० बजे झापाको बुद्धशान्ति–२ स्थित आफ्नै निवासमा निधन भएको हो ।
उहाँ लामो समयदेखि मधुमेह, थाइराइड, मुटु र मृगौला रोगबाट पीडित हुनुहुन्थ्यो । २०१४ साल फागुन ९ गते तेह्रथुमको फूलबारीमा जन्मनुभएकी दिवंगत सरस्वतीको पार्थिव शरीरको आज दिउँसो १२ बजे कनकाई माईमा अन्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
उहाँका श्रीमान झरेन्द्र, एक छोरा उमाकान्त, दुई छोरी मेनुका निरौला र नर्वदा पोखरेल, चार जना नातिनी र दुई जना नाति छन् ।
दिवंगत सरस्वतीका छोरा उमाकान्त लामो समयदेखि पत्रकारितामा क्रियाशील छन् । हाल उनी वीवीसी नेपाली सेवा र देशसञ्चार अनलाइनका लागि संवाददाता तथा सूर्योदय टेलिभिजनको प्रधान सम्पादकका रुपमा काम गर्छन् ।


















