उमेद्वार छनोटमा कार्यकर्ताको जनमत अस्वीकृत गर्ने एमालेको संकेत
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
बिर्तामोड–नेकपा एमाले झापाले स्थानीय तहका उमेद्वार छनोट प्रक्रियामा अवलम्वन गरिएको आन्तरिक विधिमार्फत कार्यकर्ता तहबाट प्रतिविम्वित जनमत अस्वीकृत हुन सक्ने संकेत गरेको छ ।
निर्वाचनमार्फत कार्यकर्ताको मतभारका आधारमा छानिएको भनिएका स्थानीय तहका उमेद्वारको नाम आधिकारिक नभएको जनाउँदै त्यसमा पार्टीले अनुकुलताका आधारमा संशोधन र हेरफेर गर्न सक्ने एमालेले प्रष्ट्याएको हो ।
छनोटका अनेक चरणमध्ये कार्यकर्ताको जनमत बुझ्ने प्रक्रिया एउटा भएको जनाउँदै सञ्चारमाध्यममा आएका उमेद्वारका नाम आधिकारिक नभएको एमालेले स्पष्ट पारेको छ ।
एमाले झापाका अध्यक्ष दीपक कार्कीले आज अपरान्ह विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा आएका उमेद्वारका नाम आधिकारिक नभएको जनाएका छन् ।
अधिकतम लोकप्रिय, निष्ठावान, प्रतिबद्ध उम्मेदवार छनौट गर्न पार्टी कमिटीले आन्तरिक जनवाद प्रयोग गरिरहेको भन्दै अध्यक्ष कार्कीले कार्यकर्ताले दिएको मतभारलाई मात्रै आधिकारिक मान्न नसकिने जनाएका हुन् ।
एमालेको विज्ञप्तिले कार्यकर्ताको मतभारका आधारमा छानिएका नाम अस्वीकृत हुने सम्भावनालाई एक हदसम्म जीवित राखेको छ ।
‘छनौटका अनेक चरणमध्ये कार्यकर्ताको अभिमत बुझ्ने कार्यलाई केही सामाजिक सञ्जालहरुमा उम्मेदवार छनौट भइसकेको ढंगले प्रचार गरिएको पाइएको छ । त्यो आधिकारिक नभएको जानकारी गराउँदछौँ’, अध्यक्ष कार्कीको विज्ञप्तिमा भनिएको छ ।
कार्यकर्ताको जनमत बुझ्ने भन्दै एमालेका स्थानीय कमिटीले माथिल्लो निर्देशन अनुसार स्थानीय तहका उमेद्वारका आकांक्षीबीच हिजो र आज निर्वाचन गराएका छन् ।
निर्वाचनमा प्राप्त भएको मतभारका आधारमा उमेद्वार सिफारिस गर्ने भनिए पनि त्यसलाई मात्रै पार्टीले ‘पर्याप्त आधार’ नमान्ने भएको हो ।