नेपालमा १ लाख ३० हजार लागूऔषध प्रयोगकर्ता
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
झापा– गृह मन्त्रालयले लागूऔषध नेपालमा गम्भीर समस्याको रुपमा देखा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरेको छ। बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्रालयले लागूऔषधको समस्या डरलाग्दो बन्दै गएको जनाएको हो ।
गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले पछिल्लो समय नेपालमा लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको बताए । २०७६ मा भएको पछिल्लो सर्वेक्षणअनुसार नेपालमा १ लाख ३० हजार ४२४ जना लागूऔषध प्रयोगकर्ता छन् । तीमध्ये महिलाको संख्या ८ हजार ३७१ छ ।
नेपालको कारागारमा रहेका २६ हजार कैदीबन्दीमध्ये कार्तिक २०७८ सम्मको तथ्यांकअनुसार २१ प्रतिशत लागू औषधको मुद्दामा थुनामा छन् ।
लागू औषध कारोबारमा २०७७–७८ मा प्रहरीले ४ हजार ६२६ जना पक्राउ परेका थिए । तीमध्ये ३ हजार १३ जनालाई मुद्दा चलाइएको थियो । त्यसमध्ये १४७ जना विदेशी नागरिक थिए ।