- जेनजी घाइते दनुवारको आमरण अनशनमा उज्यालो पार्टीको ऐक्यबद्धता
- पुष्पलाल इन्भेष्टमेन्टको १५ करोडको आईपीओ : बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
- लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध झापा पत्रकार महासंघको चेतावनी
- संविधान दिवसमा एमालेको रक्तदान : ६१ जनाले दिए रगत
- भोटेकोशी बाढी : मृतकको सम्झनामा दीप प्रज्वलन
झापा– गृह मन्त्रालयले लागूऔषध नेपालमा गम्भीर समस्याको रुपमा देखा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरेको छ। बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्रालयले लागूऔषधको समस्या डरलाग्दो बन्दै गएको जनाएको हो ।
गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले पछिल्लो समय नेपालमा लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको बताए । २०७६ मा भएको पछिल्लो सर्वेक्षणअनुसार नेपालमा १ लाख ३० हजार ४२४ जना लागूऔषध प्रयोगकर्ता छन् । तीमध्ये महिलाको संख्या ८ हजार ३७१ छ ।
नेपालको कारागारमा रहेका २६ हजार कैदीबन्दीमध्ये कार्तिक २०७८ सम्मको तथ्यांकअनुसार २१ प्रतिशत लागू औषधको मुद्दामा थुनामा छन् ।
लागू औषध कारोबारमा २०७७–७८ मा प्रहरीले ४ हजार ६२६ जना पक्राउ परेका थिए । तीमध्ये ३ हजार १३ जनालाई मुद्दा चलाइएको थियो । त्यसमध्ये १४७ जना विदेशी नागरिक थिए ।


















