बिर्तामोड–सवारीको ठक्करबाट आज विहान एक जना शिक्षकको मृत्यु भएको छ । मर्निङ वाकमा हिँडेका झापा अर्जुनधारा महानन्द चोकका कृष्णप्रसाद निरौलाको मृत्यु भएको हो । उनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
- बिर्तामोडबाट ९० वर्षीय साहु र ४२ वर्षीया मियाको उद्धार
- कोशी ग्यासलाई २ लाख ९० हजार जरिवाना
- कोशीमा जापानिज इन्सेफ्लाइटिसबाट डेढ महिनामा ६ जनाको मृत्यु
- कोशीमा एमाले-नेकपा भागबन्डा पेचिलो
- झापामा एक वर्षमा २४ हजार चालक कारबाही
पुष्पलाल चौक नजिक आज बिहान सवा पाँच बजे प्र १–०१–००१ च ५१०७ नम्बरको सवारीले उनलाई ठक्कर दिएको हो । निरौला दुर्गा माध्यमिक बिद्यालय गरामनीका शिक्षक हुन् । उनको निधनप्रति शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वले दुख प्रकट गरेका छन् ।


















