- एमालेमा विद्यादेवी भण्डारीको पुनरागमन : वरिष्ठ नेताको जिम्मेवारी दिने तयारी
- वर्षाको जोखिम : बिर्तामोडका विद्यालय शुक्रबार बन्द
- बाह्रदशीको पाँच वर्षे विकास योजना युवाबाटै खोज्दै एमाले, ‘विकास-विचार प्रतियोगिता’ हुने
- बिर्तामोडमा जेईविरुद्ध ६० हजारभन्दा बढीलाई खोप लगाउने तयारी
- बिर्तामोडमा भित्रियो हुन्डाईको ‘अल न्यु भेन्यु’ : ५११औँ गाडीको चाबी हस्तान्तरण
बिर्तामाेड– प्रदेश सरकारले झापाको बिर्तामोडमा ट्राफिक प्रहरीका लागि भवन निर्माण गरिदिएको छ । एक करोड ८८ लाख रुपैयाँको लागतमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन निर्माण भएको हो ।
सोमबार बिर्तामोडमा आयोजित कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
छ कठ्ठा क्षेत्रफलमा फैलिएकाे ट्राफिक भवनमा ११ वटा कोठा छन् । यान्त्रिक कार्यालयको जग्गामा प्रदेश सरकारले ट्राफिक भवन निर्माण गरेको हो । मुक्ति चोकमा रहेको ट्राफिक भवन पुरानो अवस्थामा छ ।
सडक विस्तारका क्रममा पुरानो ट्राफिक भवन भत्किने भएपछि ट्राफिक प्रहरीले नयाँ भवन निर्माण गरिदिन सरकारलाई अनुरोध गर्दै आएको थियो ।
नवनिर्मित भवन परिसरमा समुदाय तहको लगानी र सहभागितामा कम्पाउन्ड वाल निर्माण गरिएको छ। व्यवसायी सुभाष भट्टराईको संयोजकत्वमा गठित निर्माण समितिले कम्पाउन्ड वाल निर्माण गरेको हो ।



















