- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
बिर्तामोड– झापा ११ फुटबल क्लबका फरवार्ड विशाल राई ‘ए’ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । झापा गोल्ड कप आयोजक समितिले सोमबार विशाललाई अवार्डबाट सम्मानित गरेको हो ।
अवार्डबाट सम्मानित हुनुअघि विशाललाई फाइनल खेल्ने त्रिभुवन आर्मी र झापा ११ का खेलाडीले गार्ड अफ अर्नर दिएका थिए । झापा ११ टोलीमा अहिले पनि रहेका विशाललाई यामाहा कम्पनीको मोटरसाइकल प्रदान गरिएको छ ।
झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत, वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले उनलाई मोटरसाइकलको चाबी प्रदान गरेका हुन् ।
विशालले झापा ११ र सिक्किम बीचको खेल यसपटक खेलेका थिए । यसअघि आयोजकले झापा ११ का पूर्वकप्तान प्रवेश कटुवाल र मिडफिल्डर नगेन्द्रमणि लिम्बूलाई पनि लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिसकेको छ ।