- सरकार खोज उद्धारमा चुक्यो, प्रतिपक्षलाई गाली गरेर उम्किन खोज्यो : अध्यक्ष गिरी
- शिक्षा सहकारीको इकाइगत साधारणसभा सुरु
- कांग्रेसको वडा अधिवेशन एक साता पर सार्ने तयारी
- शिवगञ्जमा श्रीकृष्णको भव्य रथयात्रा, हजारौँ भक्तजन सहभागी
- क्षितिज नाट्य प्रतिष्ठानको नेतृत्वमा पुनः माधव कल्पित
बिर्तामोड– झापा ११ फुटबल क्लबका फरवार्ड विशाल राई ‘ए’ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । झापा गोल्ड कप आयोजक समितिले सोमबार विशाललाई अवार्डबाट सम्मानित गरेको हो ।
अवार्डबाट सम्मानित हुनुअघि विशाललाई फाइनल खेल्ने त्रिभुवन आर्मी र झापा ११ का खेलाडीले गार्ड अफ अर्नर दिएका थिए । झापा ११ टोलीमा अहिले पनि रहेका विशाललाई यामाहा कम्पनीको मोटरसाइकल प्रदान गरिएको छ ।
झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत, वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले उनलाई मोटरसाइकलको चाबी प्रदान गरेका हुन् ।
विशालले झापा ११ र सिक्किम बीचको खेल यसपटक खेलेका थिए । यसअघि आयोजकले झापा ११ का पूर्वकप्तान प्रवेश कटुवाल र मिडफिल्डर नगेन्द्रमणि लिम्बूलाई पनि लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिसकेको छ ।


















