- व्यवसायी सुवेदीद्वारा वाणिज्य संघको राहत कोषमा १ लाख १५ हजार सहयोग
- ‘बिर्तामोडको एमाले राजनीतिमा खम्बा थिए ज्ञानुराम’
- झापामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
- श्रीमान् अर्की युवतीको कोठामा गएको विषयमा कुटपिट, महिलाको मृत्यु, ६ जना पक्राउ
- जन्मदिनको खर्च कटाएर अक्षय कोषलाई सहयोग
बिर्तामोड– निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब १४ करोड रुपैयाँ बजेट माग गरेको छ । आयोगले बजेटको सीमा तोकेर निकासाका लागि अर्थ मन्त्रालयलाई पत्र पठाएको हो ।
सरकारले यसअघि वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन तोकेको थियो। पाँच वर्षमा भएको मूल्यवृद्धि र कर्मचारी तलब समेतका आधारमा निर्वाचन खर्च माग गरिएको आयोगले जनाएको छ।
आयोगले २०७४ सालको स्थानीय तहको निर्वाचनमा भएको खर्चभन्दा करिब ८१ करोड रुपैयाँ बढी माग गरेको हो ।