- सरकार खोज उद्धारमा चुक्यो, प्रतिपक्षलाई गाली गरेर उम्किन खोज्यो : अध्यक्ष गिरी
- शिक्षा सहकारीको इकाइगत साधारणसभा सुरु
- कांग्रेसको वडा अधिवेशन एक साता पर सार्ने तयारी
- शिवगञ्जमा श्रीकृष्णको भव्य रथयात्रा, हजारौँ भक्तजन सहभागी
- क्षितिज नाट्य प्रतिष्ठानको नेतृत्वमा पुनः माधव कल्पित
झापा- सरकारले वैदेशिक रोजगारीबाट स्वदेश फर्केका महिलालाई श्रम स्वीकृति दिने भएको छ। श्रममन्त्री कृष्णकुमार श्रेष्ठले मंगलबार विदेशबाट बिदामा आएका महिलालाई श्रम स्वीकृति दिने निर्णय गरेका हुन्।
संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले घरेलु कामदारमा महिलालाई नपठाउन २०७३ चैत २० गते सरकारलाई निर्देशन जारी गरेको थियो। समितिको उक्त निर्णयपछि महिला कामदारलाई श्रम अनुमति बन्द गरिएको थियो।
श्रम स्वीकृतिको निर्णयले १ लाख महिला कामदार लाभान्वित हुने मन्त्रालयका उच्च अधिकारीहरू बताउँछन्। ‘ मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसालले घर आएका तथा आएर जान चाहने महिलाको संख्या भने यकिन नभएको बताए।
वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने निर्देशिका २०७२ को दफा २३ बमोजिम बाधा अड्काउ फुकाएर मन्त्री श्रेष्ठले यस्तो निर्णय गरेका हुन्।
मन्त्रालयका अनुसार पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरेकाले मात्रै पुनः रोजगारीमा जान पाउँछन्। सम्बन्धित देशको नियोग र वैदेशिक रोजगार कार्यालयले उनीहरूको छुट्टै अभिलेख राख्नुपर्नेछ।


















