१० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026

‘कम्युनिष्ट स्कुलिङ्गले नेपालको विश्वसनीयतामाथि अन्तर्राष्ट्रिय जगतमा प्रश्न’



अर्जुनधारा– नेपाली काङ्ग्रेस झापाका सचिव कृष्ण हुमागाईले लोकतान्त्रिक शासन प्रणाली भएका मुलुकसँग अनुदान सहयोग लिने र तिनै मित्र राष्ट्रकाबिरुद्ध भ्रम र घृणा फैलाउने कम्युनिष्ट स्कुलिङ्गले नेपालको विश्वसनीयतामाथि अन्तर्राष्ट्रिय जगतमा प्रश्न उठिरहेको बताउनु भएको छ।

नेपाली काङ्ग्रेस झापा अर्जुनधारा–४ नम्वर वडा समितिद्वारा आयोजित तरुण दल गठन कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

तरुण भेलाले शंकर न्यौपानेको अध्यक्षतामा ५१ सदस्यीय नेपाल तरुण दल वडा समिति गठन गरेको छ । समितिको उप सभापतिमा रिजेश खडका र अर्जुन गुरागाई, सचिवमा बिशाल थापा र सुरेन आङ्दाम्बे, सह–सचिवमा किरण लिम्बु र सञ्जय राजवंशीसहिच ५१ सदस्य रहेका छन् ।

वडा सभापति खेम काफ्लेको सभापतित्वमा भएको सो कार्यक्रममा नगर सभापति हेमराज खरेल, क्षेत्रीय सचिव रामबाबु धिमाल लगायतले मन्तब्य राखेका थिए ।

वडा सचिव उद्धव कुवरले सञ्चालन गर्नुभएको कार्यक्रममा क्षेत्रीय प्रतिनिधिहरु जमुना थपलियाले स्वागत र अमर कटुवालले बिषय प्रवेश गराउनुभएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार ००:००  ९ : ४६ बजे