- व्यवसायी सुवेदीद्वारा वाणिज्य संघको राहत कोषमा १ लाख १५ हजार सहयोग
- ‘बिर्तामोडको एमाले राजनीतिमा खम्बा थिए ज्ञानुराम’
- झापामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
- श्रीमान् अर्की युवतीको कोठामा गएको विषयमा कुटपिट, महिलाको मृत्यु, ६ जना पक्राउ
- जन्मदिनको खर्च कटाएर अक्षय कोषलाई सहयोग
बिर्तामोड– नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एमसीसी संसद्बाट पारित गर्न ढिलो गर्नु नहुने बताएका छन् । उनले अमेरिकी सेना नेपाल आउने कुरा एमसीसीको कुन बुँदा छ भनी देखाउन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिए ।
गृहजिल्ला झापाको बिर्तामोडमा आइतबार आयोजित सीके चिन्तन प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले एमसीसी राष्ट्रघाती हो भनेर विरोध गर्नु मुलुकको लागि दुर्भाग्य भएको बताए ।
उनले अरुण तेस्रो जलविद्युत परियोजनाको उदाहारण दिँदै अहिले एमसीसीको विरोध गरेर मुलुकलाई विकास हुनबाट रोक्ने पुरानै फण्डा प्रयोग गर्न खोजिएको बताए ।