- इक्यान झापाद्वारा विपद् राहतमा १० लाख सहयोग
- जेनजी घाइते दनुवारको आमरण अनशनमा उज्यालो पार्टीको ऐक्यबद्धता
- पुष्पलाल इन्भेष्टमेन्टको १५ करोडको आईपीओ : बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
- लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध झापा पत्रकार महासंघको चेतावनी
- संविधान दिवसमा एमालेको रक्तदान : ६१ जनाले दिए रगत
बिर्तामोड– नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एमसीसी संसद्बाट पारित गर्न ढिलो गर्नु नहुने बताएका छन् । उनले अमेरिकी सेना नेपाल आउने कुरा एमसीसीको कुन बुँदा छ भनी देखाउन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिए ।
गृहजिल्ला झापाको बिर्तामोडमा आइतबार आयोजित सीके चिन्तन प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले एमसीसी राष्ट्रघाती हो भनेर विरोध गर्नु मुलुकको लागि दुर्भाग्य भएको बताए ।
उनले अरुण तेस्रो जलविद्युत परियोजनाको उदाहारण दिँदै अहिले एमसीसीको विरोध गरेर मुलुकलाई विकास हुनबाट रोक्ने पुरानै फण्डा प्रयोग गर्न खोजिएको बताए ।


















