- झापाका एन्फा रेफ्री लोकराज ढुंगानाको निधन
- शरणार्थी नेता रिजाललाई धरौटीमा रिहा गर्न आदेश
- ११ महिनामा नेपाल भित्रिए नौ लाख विदेशी पर्यटक
- हारेर पनि समूह बिजेता बन्यो झापा गाउँपालिका
- शब्दपत्र डटकमका सम्पादक पुरी पुरस्कृत
बिर्तामाेड– जिल्ला बचत तथा ऋण सहकारी संघ झापाको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघले कनकाईस्थित जामुनखाडी सिमसार क्षेत्रमा साधारण सभा आयोजना गरेको हो ।
संघका जिल्ला अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा आयोजित साधारणसभाको केन्द्रीय वचत तथा ऋण सहकारी संघका अध्यक्ष परितोस पौडेलले उद्घाटन गरेका थिए ।

संघका सचिव यामकुमार चुडालले सञ्चालन र वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले स्वागत गरेको समारोहमा मन्तव्य राख्दै प्रमुख अतिथि पौडेलले अहिले बैंकहरुमा तरलताको संकट रहे पनि सहकारी संस्थाहरुले बैंकहरुको जस्तो तरलताको संकट झेल्नु नपरेको बताए ।
पछिल्लो समय राष्ट्रव्यापी रुपमा वित्तीय क्षेत्रमा देखा परेको संकटले सहकारीहरुलाई केही प्रभाव पारे पनि सहकारीमा जम्मा हुने विभिन्न जगेडा कोष र अन्य मापदण्ड र अनुपातका कारण अहिले नै आत्तिइहाल्नुपर्ने अवस्था नरहेको पौडेलको भनाइ थियो ।

‘सहकारीहरुले पूँजीलाई विभिन्न अनुपात मिलाएर मापदण्ड अनुसार’ परिचालन गरेका हुन्छन्’, पौडेलले भने, ‘यसले ह्वात्तै संकट आइहाल्दैन, बैंकमा जस्तो सहकारीमा संकट छैन ।
’झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले सहकारीहरुले कृषिवस्तु लगायतका उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए भने नेफस्कूनका पूर्व केन्द्रीय कोषाध्यक्ष केशवप्रसाद पोखरेलले सहकारीहरले पल्र्स अनुगमन प्रणालीलाई अक्षरशः पालना गर्नुपर्ने बताए ।
जिल्ला वचत तथा ऋण सहकारी संघ झापाका संस्थापक अध्यक्ष घनश्याम अधिकारीले झापामा चारसयभन्दा बढी बचत तथा ऋण सहकारी संस्था भए पनि सबै संघमा आबद्ध नहुनु दुःखको कुरा भएको भन्दै संघलाई सबल र सक्षम बनाउन विषयगत प्रारम्भिक संस्थाहरुले योगदान पुर्याउनुपर्ने बताए ।
कार्यक्रममा प्रदेश नं १ सहकारी संघका सचिव भवानीप्रसाद दंगाल, नेफस्कूनकी सञ्चालक गोमा नेपाल, मोरङ नेफस्कूनका अध्यक्षलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समारोहमा संघका अध्यक्ष न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आव ०७७÷०७८ मा संघले १३ लाख ३४ हजार १५१ रुपैयाँ आम्दानी र १२ लाख ८८ हजार ६१५ रुपैयाँ खर्च गरेको बताए । संघको कूल शेयरपूँजी १५ लाख ४४ हजार पाँच सय रुपैयाँ पुगेको छ ।