- निवर्तमान सभामुख देवराज घिमिरेद्वरा बाल कल्याण आधारभूत विद्यालयबाट मतदान
- आफ्नो विजय सुनिश्चित भएको घिमिरेको दाबी : परिणामको पर्खाइमा रहेको प्रतिक्रिया
- महाकाली सन्धिमा हस्ताक्षर नगरेको देवराज घिमिरेको स्पष्टोक्ति
- कांग्रेसको प्रतिज्ञा : वार्षिक ३० लाख पर्यटक भित्र्याउने योजना
- पर्यटन प्रवर्द्धन गर्न ‘घुमौँ झापा साइकलमा’ आयोजना हुने
बिर्तामोड–नेकपा एमाले झापाको अध्यक्षमा दीपक कार्की निर्विरोध निर्वाचित भएका छन् । संविधानसभा सदस्य कार्की यसअघि एमाले झापाको उपाध्यक्ष थिए ।
दशौँ जिल्ला अधिवेशनबाट कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा पार्टीको भावी कार्यकालका लागि नेतृत्व गर्ने अवसर प्राप्त गरेका हुन् । झापाको पश्चिमी गौरादह नगरका बासिन्दा कार्की लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय छन् ।
अधिवेशनबाट अध्यक्षमा कार्कीसहित सबै पदाधिकारी सर्वसम्मत चुनिएका छन् । उपाध्यक्षमा प्रेम गिरी, सचिवमा शिव ढुंगेल, दुई उपसचिवमा असारु राजवंशी र चन्द्रा श्रेष्ठ निर्विरोध भएको जनाइएको छ । उपाध्यक्षमा उमेद्वारी दर्ता गरेका प्रदेश सांसद गोपाल बुढाथोकीले मनोनयन फिर्ता लिएपछि गिरीका लागि बाटो खुलेको हो ।
उपसचिवमा रेनुका डाँगीको नाम चर्चामा ल्याइए पनि मापदण्डमा नपरेका कारण उम्मेद्वार बन्ने उनको बाटो यो कार्यकालका लागि बन्द भएको छ । १५० सदस्यीय जिल्ला कमिटीमा चार सयभन्दा बढीले उम्मेद्वारी दर्ता गराएका छन् ।















