- ओलीलाई पक्राउ गर्न झापाका पत्रकार संगठनको संयुक्त माग
- पुष्पलाल इन्भेस्टमेन्टको १५ लाख कित्ता आइपीओ आउँदै
- एकैदिन तोलामा ४ हजार २ सयले उक्लियो सुन
- विदेशी विमानस्थलबाट श्रमिक पठाउने ३९ म्यानपावर कारबाहीमा
- ओलीको दबाब अस्वीकार गर्दै कार्कीको अडान- ‘राजीनामा दिन्नँ’
बिर्तामोड– सिद्वार्थ बैंक लिमिटेडले उन्नाइसौ वार्षिकाेत्सवको अवसर पारेर बिर्तामोडमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको बिर्तामोड शाखाले नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
सिद्धार्थ बैंक लिमिटेड बिर्तामोड शाखाका प्रमुख हरिप्रसाद लामिछानेले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरेर वार्षिक उत्सव मनाइएको जानकारी दिनुभयो ।
अघिल्लो वर्ष पनि बैंकले रक्तदान कार्यक्रम आयोजना गरी १८ औं वार्षिकोत्सव मनाएको थियो । यस पटकको वार्षिकोत्सवमा ४७ जनाले रक्तदान गरेकाे सिद्धार्थ बैंक बिर्तामोड शाखाका सम्पर्क अधिकृत घनेन्द्र गुरुङले जानकारी दिनुभयो


















