- झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री
- कनकाईमा मोटरसाइकल दुर्घटना : सिटौलाको मृत्यु
- कार्तिक २९ गते बिर्तामोडमा जनसभा गर्ने एमालेको तयारी
- जेनजी आन्दोलनमा झापाका प्रहरी कार्यालयमा आगो लगाउने १२ जना पक्राउ
- बिर्तामाेडमा एमालेको सामूहिक देउसी : दुई लाख रुपैयाँ संकलन
बिर्तामोड– सिद्वार्थ बैंक लिमिटेडले उन्नाइसौ वार्षिकाेत्सवको अवसर पारेर बिर्तामोडमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको बिर्तामोड शाखाले नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
सिद्धार्थ बैंक लिमिटेड बिर्तामोड शाखाका प्रमुख हरिप्रसाद लामिछानेले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरेर वार्षिक उत्सव मनाइएको जानकारी दिनुभयो ।
अघिल्लो वर्ष पनि बैंकले रक्तदान कार्यक्रम आयोजना गरी १८ औं वार्षिकोत्सव मनाएको थियो । यस पटकको वार्षिकोत्सवमा ४७ जनाले रक्तदान गरेकाे सिद्धार्थ बैंक बिर्तामोड शाखाका सम्पर्क अधिकृत घनेन्द्र गुरुङले जानकारी दिनुभयो














