- शिवसताक्षीमा साबुन र बुके बनाउने तालिम
- एसईईमा उत्कृष्ट १० विद्यार्थीलाई शिवसताक्षी-६ को सम्मान
- प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको अडान : परराष्ट्रमन्त्रीको स्पष्टीकरण अस्वीकार्य
- सम्पत्ति विवरण बुझाउने समयसीमा असार मसान्तसम्म
- करका दरमा फेरबदलको आरोप : अर्थमन्त्री वाग्ले दबाबमा
बिर्तामोड– सत्ताबाट भएको अप्रत्यासित बहिर्गमन र पार्टी विभाजनको पीडाबाट विक्षिप्त भएको एमाले अन्ततः निरन्तर संसद अवरोध गर्ने निष्कर्षमा पुगेको छ ।
नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन सरकारलाई लतारेर निर्वाचनमा जान बाध्य पार्ने रणनीतिका रूपमा एमालेले संसद अवरोधलाई मुख्य हतियार बनाएको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचन अघिसम्म संसद् अवरोध गर्ने पार्टी रणनीति रहेको बताउँछन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै एमाले अध्यक्ष ओलीले भने, ‘निर्वाचन अघिसम्म कुनै पनि हालतमा संसदलाई चल्न दिइने छैन् ।’
संसद अवरोध कहिलेसम्म भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष ओलीले सटिक जवाफ दिए, ‘चुनावसम्म ।’ गृहजिल्ला झापाका विभिन्न कार्यक्रममा सरिक हुन विराटनगर विमानस्थल हुँदै साझ बिर्तामोड आइपुगेका अध्यक्ष ओलीले गठबन्धन सरकार र तिनका नेतासँग घुँडा नटेक्ने बताए ।
‘बम र बारुदले उड्न सक्छु । बैशाखी टेक्न सक्छु तर घुँडा टेक्दिन’, अध्यक्ष ओलीले भने । उनले वर्तमान सरकार निर्वाचनबाट भाग्न खोजिरहेको आरोप लगाउँदै निर्वाचनबाट प्रचण्ड र माधव नेपालको असली हैसियत प्रष्ट हुने बताए ।
















