• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. राजनीति
  3. गठबन्धन सरकारलाई लतार्ने एमाले रणनीति : ओली भन्छन्, ‘बैशाखी टेक्छु घुँडा टेक्दिन’
 गठबन्धन सरकारलाई लतार्ने एमाले रणनीति : ओली भन्छन्, ‘बैशाखी टेक्छु घुँडा टेक्दिन’
राजनीति

गठबन्धन सरकारलाई लतार्ने एमाले रणनीति : ओली भन्छन्, ‘बैशाखी टेक्छु घुँडा टेक्दिन’

by Speak १० पुष २०७८, शनिबार २०:५४
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

बिर्तामोड– सत्ताबाट भएको अप्रत्यासित बहिर्गमन र पार्टी विभाजनको पीडाबाट विक्षिप्त भएको एमाले अन्ततः निरन्तर संसद अवरोध गर्ने निष्कर्षमा पुगेको छ ।

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन सरकारलाई लतारेर निर्वाचनमा जान बाध्य पार्ने रणनीतिका रूपमा एमालेले संसद अवरोधलाई मुख्य हतियार बनाएको हो।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचन अघिसम्म संसद् अवरोध गर्ने पार्टी रणनीति रहेको बताउँछन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै एमाले अध्यक्ष ओलीले भने, ‘निर्वाचन अघिसम्म कुनै पनि हालतमा संसदलाई चल्न दिइने छैन् ।’

संसद अवरोध कहिलेसम्म भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष ओलीले सटिक जवाफ दिए, ‘चुनावसम्म ।’ गृहजिल्ला झापाका विभिन्न कार्यक्रममा सरिक हुन विराटनगर विमानस्थल हुँदै साझ बिर्तामोड आइपुगेका अध्यक्ष ओलीले गठबन्धन सरकार र तिनका नेतासँग घुँडा नटेक्ने बताए ।

‘बम र बारुदले उड्न सक्छु । बैशाखी टेक्न सक्छु तर घुँडा टेक्दिन’, अध्यक्ष ओलीले भने । उनले वर्तमान सरकार निर्वाचनबाट भाग्न खोजिरहेको आरोप लगाउँदै निर्वाचनबाट प्रचण्ड र माधव नेपालको असली हैसियत प्रष्ट हुने बताए ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.