- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
झापा- नेकपा एमालेका उपाध्यक्ष सुवाचन्द्र नेम्वांगले खेलकुदको विकासमा राज्यले अपेक्षाकृत योगदान र लगानी गर्न नसकेको बताएका छन् । शुक्रवार झापा सतासीधाममा दिलमाया स्मृति कप क्षेत्र नम्बर ४ वडास्तरीय फुटबल प्रतियोगिताको उद्घाटन गर्दै नेम्वांगले यस्तो धारणा राखेका हुन् ।
खेलकुदको विकासमा राज्यको जुन भूमिका र योगदान हुनुपर्ने हो त्यो छैन्, त्यसमा हाम्रो ध्यान जान जरुरी छ, उपाध्यक्ष नेम्वांगले भने । उनले खेलाडीलाई प्रोत्साहन गर्न सके मात्रै खेल क्षेको प्रगति र विकास सम्भव हुने बताए । उक्त प्रतियोगिता सांसद एलपी सावाँले आफ्नी आमाको स्मृतिमा आयोजना गरेका हुन् ।
