- बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा खोज्न समिति
- विश्रान्तिघाटमा निःशुल्क स्वास्थ्य शिविर, ३५० जनाले लिए सेवा
- शिक्षासेवी गुरुभक्त न्यौपानेको अर्धकदको प्रतिमा अनावरण
- स्थापना दिवसमा नारी सञ्चार गृहद्वारा लेखनवृत्ति प्रदान
- रसुवा बाढीपीडितलाई झापाका पालिकाको सहयोग घोषणा, अझै ६ पालिका अनिर्णीत
बिर्तामोड– बिर्तामोडको एउटा निजी विद्यालयका शिक्षकले विद्यार्थीलाई निर्घात कुटेको खुलेको छ । बिर्तामोड-५ मा रहेको सुनगाभा इंग्लिस बोर्डिङ स्कूलका शिक्षक विकास पोखरेलले कक्षा-३ मा अध्यनरत अविरल तिम्सिनालाई कुटेको खुलेको हो ।
नाै बर्षीय तिम्सिनालाई गृहकार्य नगरेको निहुँमा शिक्षक पोखरेलले कुटेको अभिभावकले जनाएका छन् । कुटाइबाट बालक तिम्सिनाको तिघ्रा, गाला र ढाडमा सुम्लो बसेको छ ।
अभिभावकले भने कुटपिटमा संलग्न शिक्षकलाई कारबाही गर्नुपर्ने माग राखेका छन् । विद्यालयका प्रधानाध्यापक मिलन श्रेष्ठले कुटपिटमा संलग्न शिक्षकलाई भविष्यमा समेत अयोग्य ठहरिने गरी विद्यालयबाट निष्कासन गरिएको जनाएका छन् ।
कानुनी कारवाही नगरी उनलाई विद्यालयले भगाएको आरोप पनि अभिभावकले लगाएका छन् । पीडित बालकका आफन्त पारस न्याैपानेले घटना सार्वजनिक नगर्न र मिल्न विद्यालयले दबाब दिएको बताए ।
जनप्रतिनिधि र अभिभावकसहित भएको छलफलमा विद्यार्थीको उपचारमा लाग्ने सम्पूर्ण खर्च विद्यालय प्रशासनले व्यहोर्ने, कुटपिट गर्ने शिक्षकलाई बर्खास्त गर्ने र यस्ता घटना दोहोरिन नदिन शिक्षक अभिभावकबीच नियमित अन्तरक्रिया गर्ने सहमति भएको छ ।


















